नेपाल जग्गा तथा आवास विकास महासंघको कोषाध्यक्षमा पोखराका त्रिपाठी

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको कोषाध्यक्षमा पोखराका व्यवसायी अरुण स्तोम त्रिपाठी निर्वाचित भएका छन् । हालै काठमाडौंमा आयोजित तेस्रो महासभाले नयाँ कार्यसमिति चयन गरेको हो । त्रिपाठी जग्गा तथा आवास व्यवसायी संघ गण्डकीका निबर्तमान अध्यक्ष समेत हुन् ।

महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे ‘ध्रुव’ निर्वाचित भएका छन् । उनी यस अगाडि महासचिवको जिम्मेवारीमा थिए ।

वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षहरुमा राजकुमार राई, दिपक कुँवर, पुरुषोत्तम पौड्याल, महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल निर्वाचित भएका छन् ।

सदस्यहरुमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लिलाबहादुर अधिकारी, मणिकुमार प्रसाई (मनोज) र देवकुमार महत्तो निर्वाचित भएको बताइएको छ ।

You might also like

Comments are closed.