अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर दिने घोषणा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०. ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले विद्युत नियमन आयोगको स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्रै लाभांश वितरण गर्ने जनाएको छ ।

You might also like

Comments are closed.