इक्यानका मेम्बरलाई इक्यानियन हुनुमा गर्व छ

आशिक कार्की, कोषाध्यक्ष, इक्यान

इक्यानमा अघिल्लो कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेका युवा व्यवसायी आशिक कार्की बर्तमान कार्यसमितिमा कोषाध्यक्षको भूमिका छन् । कोष व्यवस्थापन र आर्थिक पारदर्शिता आफ्नो मुख्य उद्देश्य रहेको उनी बताउँछन् । यसै विषयमा केन्द्रित रहेर कार्कीसँग गरिएको कुराकानीः

इक्यानको कोषाध्यक्ष भएर काम गरिरहनुभएको छ । कार्यकाल कस्तो चल्दैछ ?

इक्यानमा मेरो यो दोस्रो कार्यकाल हो । म अघिल्लो कार्यकालमा कार्यसमिति सदस्य थिए भने अहिले कोषाध्यक्षको जिम्मेवारीमा छु । इक्यान र इक्यानका सदस्यलाई लाभ हुने खालका कार्यक्रम कसरी गर्न सकिन्छ र के कस्ता कार्यक्रम ल्याउनुपर्छ भनेर छलफल गरेका छौं । विभिन्न तालिम, अन्तक्र्रिया तथा गोष्ठी पनि आयोजना गर्दै आएका छौं । यो अवधिमा विभिन्न कार्यक्रम गर्दै साधारणसभा पनि सफल भइसकेको छ । हाम्रो सक्रियता निरन्तर जारी छ ।

jutta mela

कोषको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

कोषाध्यक्ष भएको नाताले म केन्द्रदेखि शाखासम्मका कोषको बिगतको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? कसरी उचित व्यवस्थापन गर्न सकिन्छ भन्नेमा केन्द्रित छु । हाम्रा नियमित आम्दानीका स्रोतहरु आइएलटिएस परीक्षा, नयाँ मेम्बरसिप फि लगायतका स्रोतलाई मजबुत बनाउनुपर्छ । जेएलसिटी, जेसट लगायत जापानीज भाषाका परीक्षाले पनि शाखामा आर्थिक अवस्था मजबुत बनाउन भुमिका खेलेका छन् । केन्द्रमा पनि यस्ता परीक्षालाई आर्थिक स्रोतका रुपमा विकास गर्न सकिन्छ । मेडिकल लगायत विद्यार्थीका लािग आवश्यक पर्ने विभिन्न सेवाका लागि इक्यान मेम्बरले इक्यान कै मातहतबाट सर्भिस लिन अनुरोध गर्ने र सर्भिस लिएबापत थोरै रकम इक्यानको कोषमा जम्मा गर्न सकिन्छ । सिटी एक्स्प्रेस लगायत अन्य संस्था पनि हामीसँग सहकार्य गर्न तयार छन् । इन्डोर्स कलेजको अवधारणा पनि हामीले ल्याएका छौं । कलेजहरुलाई इक्यान इन्डोर्स गर्ने र सो बापत केही रकम इक्यानको कोषमा जम्मा गर्ने योजना बनाएका छौं । शाखाका कोषहरु पनि बिगतमा भन्दा अहिले आर्थिक रुपमा व्यवस्थित र पारदर्शी छन् । कोषमा रकम जम्मा गर्ने विभिन्न योजना पनि साथीहरुले ल्याउनुभएको छ । हामीले कोषलाई व्यवस्थित र पारदर्शी बनाउँछौं ।

इक्यान सदस्यहरु इक्यानमा आबद्ध हुन पाउँदा कस्तो महसुस गर्छन् ?

हाम्रो आफ्नै कोड अफ कन्डक्ट छ । के गर्न हुने के गर्न नहुने भन्ने छ । गर्न नहुने काम गरेमा हामी मेम्वरलाई पनि कारवाही गर्छौं । इक्यानका मेम्बरलाई इक्यानियन हुनुमा गर्व छ । अग्रजहरुको योगदान यसमा महत्वपूर्ण छ । मेम्बरहरु थपिने क्रम पनि जारी छ । मेम्बरसिप ग्रोथ राम्रो छ । काउन्सिलिङका लागि इक्यान मेम्बरकोमा नै जानुपर्छ भन्ने पनि हामी पाउँछौं । यसबाट इक्यानको गरिमा उच्च छ भन्ने पुष्टि हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले स्टडी इन नेपाल क्याम्पेन पनि शुरु गरिसकेका छौं । नेपाली विद्यार्थीलाई नेपालमा नै पढ्न अनुरोध गर्छौं । थर्ड कन्ट्रीबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल भित्र्याउने भन्ने हाम्रो लक्ष्य हो । यसका लागि के कस्ता चुनौती तथा समस्या छन् भनेर हामी अध्ययन गर्दैछौं ।

त्यसैगरी कोषाध्यक्षसँगै मिडिया, ब्रान्डिङ र न्यूजलेटर डिपार्टमेन्ट प्रमुखको जिम्मेवारीमा पनि छु । यो डिपार्टमेन्ट अन्तर्गत पनि हामीले इक्यानलाई मिडियामा कसरी उपस्थिति जनाउने, ब्राण्डिङ कसरी गर्ने तथा न्युज लेटर प्रकाशनको काम पनि गर्दैछौं ।

You might also like

Comments are closed.