आर्थिक सुशासन र पारदर्शितालाई प्राथमिकता

आशिक कार्की, कोषाध्यक्ष, इक्यान

कोषाध्यक्षको हैसियतमा मैले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आर्थिक व्यवस्थापन, पारदर्शिता र सेवा प्रवाहलाई मजबुत बनाउने दिशामा निरन्तर सक्रिय योगदान गर्दै आएको छु । मेरो कार्यकालमा संघको वित्तीय प्रणालीलाई व्यवस्थित गर्ने, दैनिक कारोबारलाई डिजिटल माध्यममार्फत सहज बनाउने र लेखा व्यवस्थापनलाई पारदर्शी बनाउने कार्यहरू अघि बढाइएका छन् । यसले संघको आन्तरिक प्रशासनिक क्षमता अभिवृद्धि गर्नुका साथै सदस्यहरूमा विश्वास र उत्तरदायित्वको भावना विकास गर्न सहयोग पु¥याएको छ ।
व्यवसायी सदस्यहरूको दक्षता अभिवृद्धिका लागि कर सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ । देशका विभिन्न स्थानमा आयोजना गरिएका ‘ट्याक्स ट्रेनिङ’ कार्यक्रममार्फत सदस्यहरूलाई कर प्रणाली, प्रक्रियागत जानकारी तथा व्यावसायिक तयारीसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । यसले सदस्यहरूलाई कानुनी दायित्वप्रति सचेत बनाउनुका साथै व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पु¥याएको छ ।

काठमाडौँ केन्द्रित सेवाका कारण मोफसल क्षेत्रका सदस्यहरूले भोग्दै आएको कठिनाइलाई मध्यनजर गर्दै जापान, बेलायत र अष्ट्रेलियासम्बन्धी बायोमेट्रिक सेवा काठमाडौं बाहिर पनि विस्तार गर्ने पहल गरिएको छ । यस पहलले संघका सेवाहरूलाई थप समावेशी बनाउँदै सदस्यहरूको सेवा पहुँचमा उल्लेखनीय सहजता ल्याएको छ । संस्थाको डिजिटल प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण कामहरू अघि बढाइएका छन् । यसका अतिरिक्त, मैले इक्यानमा मिडिया सहजकर्ताको रूपमा समेत जिम्मेवारी निर्वाह गर्दै संघका गतिविधि, सदस्यका आवाज र संस्थागत धारणा सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा प्रवाह गर्न भूमिका खेलेको छु । मेरो योगदानले संघको वित्तीय स्थायित्व, सेवा गुणस्तर र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण टेवा पु¥याएको छ । इक्यानलाई ब्रान्डिङ गर्न हामी सफल भएका छौं । इक्यानको सदस्य हुँ भन्दा गौरव गर्न लायक काम गर्न सफल भएका छौं ।

 

You might also like

Comments are closed.