लामो समयको प्रयास पछि हामीले पोखरामा ‘अटो शो’ आयोजना गर्न गइरहेका छौं । नाडाको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले आयोजना गर्न लागेको पहिलो संस्करणको अटो शोलाई भव्य बनाउन हामी सक्रियताका साथ लागिरहेका छौं । अमरसिंह चौरमा यही चैत १४ देखि १७ सम्म हुने अटो शोमा करिव १ सय भन्दा धेरै गाडी डेलिभरी हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौं । त्यो भन्दा धेरै संख्यामा गाडीहरु बुकिङ हुनेछन् । टु ह्विलर्समा पनि उल्लेख्य मात्रामा डेलिभरी हुनेछन् । काठमाडौंमा आयोजना हुने नाडा अटो शो पछिको देशकै ठुलो अटो शो बन्नेछ । ब्राण्डहरुले आकर्षक अफर घोषणाको तयारी गरेकाले पनि गाडी खरिद र बुकिङमा आकर्षण देखिने विश्वास गर्न सकिन्छ ।
अटो शोले आर्थिक गतिविधि चलायमान बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नेछ । काठमाडौं मात्र नभई काठमाडौं बाहिर पनि अटो शो सफलताका साथ सञ्चालन हुन्छन् भन्ने सन्देश पनि वाडा अटो शोले दिनेछ । अटो शो अटोमोबाइल क्षेत्रमा भएका नविनतम प्रविधिका वारेमा जानकारी लिने तथा अवलोकन गर्ने स्थल पनि पनि बन्नेछ । पोखरा पर्यटनको राजधानी शहर पनि हो । पोखरा भ्रमण वर्ष २०२५ घोषणासमेत भएको सन्दर्भमा यहाँको पर्यटकीय गतिविधि बढाउन पनि अटो शो सफल हुनेछ । अटो शोलाई सिग्नेचर प्रोजेक्टका रुपमा अगाडि बढाउने र आगामी दिनमा पनि निरन्तरता दिने तयारीमा हामी छौं ।
पहिलो संस्करणको अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । हुन्डाई र टाटाले इभीसँगै आइस गाडीलाई पनि सोकेस गर्नेछ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्ड रहनेछन् । कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहनेछन् । अटो शोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल पनि रहनेछ ।
वाडा अटो शो सफल बनाउन प्रायोजकहरुको साथ पनि हामीलाई प्राप्त भएको छ । सहप्रायोजकमा बि एण्ड बि ग्रुप, सपोर्टेड बाइमा अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलको साथ प्राप्त भएको छ भने गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवद्र्धक रहेर साथ दिएका छन् ।
कुराकानीमा आधारित
Comments are closed.