जेष्ठ नागरिक जिउँदो ईतिहास हुन् : क्षेत्री

 

लेखनाथ ।

जिल्ला समन्वय समिति कास्कीका संयोजक बैन बहादुर अधिकारी क्षेत्रीले जेष्ठ नागरिकहरु जिउदो ईतिहास भएको बताएका छन् ।

जिल्ला समन्वय समिति कास्की तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रबेश गरेको अवसरमा मंगलवार पोखरा ३२ को राधाकृष्ण बृद्धाश्रममा राखिएको जेष्ठ नागरिकलाई खाद्यान्य सहयोग कार्यक्रममा बोल्दै संयोजक क्षेत्रीले जेष्ठ नागरीकबाट धेरै कुरा सिक्न सकिने भएकाले उनिहरु जिउदो ईतिहास र सिकाईको लागि विश्वबिद्यालय भएको धारणा राखेका हुन् ।

जेष्ठ नागरीक धार्मीक दृष्टिकोणले देवता भएको विचार राख्दै बुवा आमाको आखाँमा आसु आउने काम गरियो भने त्यो सवैभन्दा ठुलो पाप हुने तर्क राख्दै जेष्ठ नागरिकलाई गरिने सम्मान सवै भन्दा ठुलो पुण्य काम भएको उनको धारणा रहेको थियो ।

सोही अवसरमा रुप गाउपालिकाका अध्यक्ष नवराज ओझाले जेष्ठ नागरिकको हक हितका सवालमा काम गर्नु नै वास्तविक रुपको सेवा भएकाले आफनो गाउपालिकाले घर घरमा बृद्धभत्ता र दिवा सेवा आश्रम बनाउने योजनालाई अगाडी वढाएको विचार राखेका थिए ।

राधाकृष्ण बृद्धाश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले जेष्ठ नागरिक अनुभवका खानी भएको धारणा राखेका थिए ।

जिल्ला समन्वय अधिकारी नवराज वरालले संचालन गरेको कार्यक्रममा उप संयोजक सावित्री भण्डारीले स्वागत र राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेश केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त अवसरमा आश्रममा वसोवास गर्दै आएका ५२ जना बृद्धा बृद्धाका लागि आवस्यक पर्ने खाद्यान्य,तरकारी तथा फलफुल सहयोग गरिएको थियो ।

You might also like

Comments are closed.