एसियन लाइफको वार्षिकोत्सवमा पोखरामा विविध कार्यक्रम

पोखरा । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिकोत्सवको अवसरमा पोखरामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । बीमा सचेतना गराउने उद्देश्यसहित प्रभातफेरी आयोजना गरिएको हो ।

चिप्लेढुंगाबाट सुरु भइ महेन्द्रपुल, पालिखेचोक, गैरापाटन, गणेशटोल हुँदै सिद्धार्थचोकमा आएर प्रभातफेरी सम्पन्न भएको हो ।

प्रभातफेरीमा कम्पनीका कर्मचारी र अभिकर्ताहरुको सहभागिता थियो ।

jutta mela

वार्षिकोत्सवकै अवसरमा कम्पनीले पोखरा ३२ स्थित चन्द्रज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कम्पनीका सहायक महाप्रवन्धक लोकराज जोशीको अध्यक्षतामा भएको हो । विद्यालयका अध्यक्ष नारायणप्रसाद पाण्डे, प्रधानाध्यापक ढुण्डीराज पौडेल, कम्पनीका प्रवन्धक बद्रिनाथ पौडेल लगायतले बोलेका थिए । सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.