एसियन थाइ फुड्स प्रा.लि. २२औं वर्षमा प्रवेश

काठमाडौं । नेपालको प्रतिष्ठित उद्योग एसियन थाइ फुड्स प्रा.लि. स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । प्रा.लि.ले बुधबार वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रा.लि.ले २१ वर्षसम्म निरन्तर साथ दिने उपभोक्ता, कर्मचारी, बिक्रेता लगायत शुभेच्छुकहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेको छ । ‘निरन्तर साथ, समर्थन र हौसला दिनुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दछौं,’ प्रा.लि.ले भनेको छ ।

प्रा.लि.ले टुपिएम अकबरे चाउचाउ, टुपिएम कोरियन रामिन, रमपम, प्रीति लगायतका चाउचाउ उत्पादन गर्दै आइरहेको छ । कुरमकुरा स्न्यान्स, रमपम चिजबल्स, मामा चिजबल्स, क्रेजी चिजबल्स लगायतका उत्पादन उपभोक्तामाझ पुर्याउदै आएको छ । एसियन थाइ फुड्सका सम्पूर्ण उत्पादनले उपभोक्ताको विश्वास जित्न सफल भएको कन्ट्रि म्यानेजर अर्जुन पोखरेलले बताए ।

jutta mela

प्रा.लि.को मुख्य कार्यालय बिराटनगरमा र कर्पोरेट कार्यालय काठमाडौंमा छ । प्रा.लि.ले देशभरका प्रत्येक ठाउँमा र विदेशमा समेत आफ्ना उत्पादन निर्यात गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.