एथरको पोखरा डिलर बन्यो अटोवेज प्रालि

पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरा भित्रिएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले एथरलाई पोखरामा भित्र्याएको हो । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको छ ।

एथर शोरुम (एक्सपेरियन्स सेन्टर) र एथर स्कुटरको बिक्री शुभारम्भ फागुन १२ गते शनिबार हुने प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले जानकारी दिइन् ।

बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै चाउथेमा सर्भिस सेन्टर स्थापना गर्न लागिएको पौडेलले जानकारी दिइन् । ‘सर्भिस सेन्टरका निर्माण कार्य भइरहेको छ । एक महिनाभित्र सर्भिस सेन्टर तयार हुन्छ,’ उनले भनिन् ।

jutta mela

३ वटा मोडलमा एथर पोखरामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छ । एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको नेपालको आधिकारिक बिक्रेता वैद्य एनर्जीले जनाएको छ ।

You might also like

Comments are closed.