बैद्य इनर्जी’ले पोखरामा ल्यायो एथर इलेक्ट्रिक, डिलर बन्यो अटोवेज प्रालि

पोखरा । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले एथरलाई पोखरामा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो ।

बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगे काठमाडौँ र ललितपुर पछि पोखरामा बिक्री वितरण सुरु भएको हो । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटर पछिल्लो समय नेपाली बजारमा माघ बढिरहेको छ ।

आटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि बिगत बिस वर्ष भन्दा अगाडिदेखि पोखरामा सेवा दिइराखेको छ ।

jutta mela

“हामी आटोवेज प्रा. लि. संग सहकार्य गरि एथेर एनर्जीलाई पोखरामा ल्याउन पाउँदा उत्साहित छौं,” वैद्य एनर्जीका सीईओ सुर्यंश वैद्यले भने ।

एथरलाई पोखरा भित्र्याउन पाउँदा खुसी लागेको अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेलले बताए ।

पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशनको सुविधा पनि हुनेछ। आटोवेज भवनमा र लेकसाइडमा चार्चिङ स्टेसन हुने बताइएको छ ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छन् । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।

एथर ‘४५० एक्स’ फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा छ ।

You might also like

Comments are closed.