२०२५ एथर ४५०एक्स र ४५०एस पोखरामा पनि उपलब्ध

पोखरा । पोखरामा २०२५ एथर ४५०एक्स र ४५०एस सार्वजनिक गरिएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले आइतबार एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरेका हुन् ।

अटोवेज ग्रुपले पोखरामा स्कुटर भित्र्याएको  तथा स्कुटरको बुकिङ तथा बिक्री वितरण शुर भएको अटोवेज ग्रुपका सिइओ सन्ध्या पौडेलले जाकारी दिइन् ।

‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५०एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीले जनाएको छ ।

बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल मिलाउन मद्दत गर्दछ । स्कुटरलाई थप स्थिरतार नियन्त्रण गर्दछ । यस सुविधाले शहरको ट्राफिकदेखि अफरोड सम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्छ । यो स्कुटर रेन मोड, रोड मोड र –याली मोड गरी तीन मोडमा उपलब्ध छ ।

स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउँछ ।

३।सार्वजनिक ७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २।९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ ।

स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् । नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ ।

 

You might also like

Comments are closed.