विरगञ्ज । नेपालको प्रिमियम मिइलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको छ। यससँगै ब्तजभच ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ।
वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो। वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि एथर नेपालको देशभरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ। यसमा काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन्। ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न ब्तजभच ल्भउब िले देशभर आफ्नो ज्ञण् अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गर्दै आएको छ। यसले एथर प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
एथरले आफ्ना ग्राहकलाई उद्योगकै उत्कृष्ट सुविधामध्ये एक मानिने ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र आत्मविश्वास सुनिश्चित गर्दछ। वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्रित एथर ४५० सिरिज तथा परिवारमैत्री एथर रिज्टा समावेश छन्।
Ather 450 सिरिज
Ather 450 सिरिज ती ग्राहकका लागि डिजाइन गरिएको हो, जो उत्कृष्ट प्रदर्शन, स्मार्ट प्रविधि र रोमाञ्चक राइडिङ अनुभव खोजिरहेका छन्। यसमा Google Maps आधारित नेभिगेसन, AutoHold, Fall Safe, Reverse Mode, विभिन्न Ride Modes तथा Responsive Touchscreen Dashboard जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्, जसले प्रिमियम इलेक्ट्रिक स्कुटरको नयाँ मापदण्ड स्थापित गरेको छ।
Ather Rizta
Ather Rizta आधुनिक परिवार र दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। यसमा फराकिलो सिट, ठूलो अन्डर-सिट स्टोरेज, Traction Control, Tow & Theft Alerts, Dashboard मा WhatsApp Notifications तथा आरामदायी body posture जस्ता सुविधाहरू समावेश छन्, जसले सुरक्षा, सुविधा र स्मार्ट प्रविधिको उत्कृष्ट संयोजन प्रदान गर्दछ।
वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा ग्राहकले Ather का सम्पूर्ण इलेक्ट्रिक स्कुटर अवलोकन गर्न सक्नेछन् भने प्रत्यक्ष उत्पादन प्रदर्शन अनुभव गर्न सक्नेछन्। Ather 450 सिरिज तथा रिज्टाको टेस्ट राइड लिन सक्नेछन्। Ather का स्मार्ट तथा कनेक्टेड प्रविधि, फाइनान्सिङ तथा एक्सचेन्ज योजनाबारे बुझ्न सक्नेछन्।
नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार सुदृढ बनाउन एथर नेपालले आफ्नो Ather Grid Fast Charging Network लाई पनि तीव्र रूपमा विस्तार गरिरहेको छ। हाल देशका प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी Ather Grid Charging Points सञ्चालनमा छन्, जसले ग्राहकलाई जहाँसुकै सहज र भरपर्दो चार्जिङ सुविधा प्रदान गरिरहेको छ।
वीरगञ्ज एक्सपिरियन्स सेन्टरको उद्घाटनले एथर नेपालको देशव्यापी पहुँच विस्तार गर्ने दीर्घकालीन दृष्टिकोणलाई थप मजबुत बनाएको छ। नवीन प्रविधि, उत्कृष्ट उत्पादन तथा ग्राहक केन्द्रित सेवामार्फत एथरले नेपालभर प्रिमियम विद्युतीय गतिशीलतालाई सहज र सुलभ बनाउने लक्ष्य कम्पनीले लिएको छ।
Ather Nepal ले नयाँ एक्सपिरियन्स सेन्टरको उद्घाटनको अवसरमा असार १२ गतेसम्मका लागि विशेष सीमित अवधिका अफर समेत सार्वजनिक गरेको छ। यस अन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, आकर्षक फाइनान्सिङ सुविधा (०% ब्याजसम्म), एक्सचेन्ज गर्दा रु. ८,००० सम्म अतिरिक्त मूल्याङ्कन लाभ जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् ।
वैद्य इनर्जी प्रालि नेपालका लागि ब्तजभच भ्लभचनथ को आधिकारिक तथा एकमात्र वितरक हो। कम्पनी स्वच्छ, दिगो तथा भविष्य उन्मुख यातायात प्रणाली निर्माण गर्ने उद्देश्यसहित नवीन, भरपर्दो तथा ग्राहक केन्द्रित विद्युतीय सवारी समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ। देशभर विस्तार भइरहेको एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर तथा Ather Grid चार्जिङ पूर्वाधारमार्फत वैद्य इनर्जीले नेपालको समग्र EV Ecosystem निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।







Comments are closed.