काठमाडौं । एथर इनर्जी नेपालले चाडपर्वलाई लक्षित गरि बिशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, ग्राहकहरूले एथर द्धछण् सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने बताइएको छ ।
विशेष चाडपर्व अफरहरू:
- निःशुल्क Eight70 ब्याट्री वारेन्टी
- ०% ब्याजदरमा किस्ता सुविधा
- न्यूनतम रु. ३०,००० को एक्सचेन्ज मूल्याङ्कन
- रु. ८,००० को मूल्य थप सुविधा
यसमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान AtherStack सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू छन्।
NAIMA 2025 मा लन्च भएको एथर रिज्टा भारतमा निकै लोकप्रिय भइसकेको छ र अहिले नेपालमा पनि परिवारहरूको पहिलो रोजाइ बन्दै गएको कम्पनीले जनाएको छ। ।
यसको प्रमुख विशेषताहरू:
- एकपटक चार्जमा १५९ किमी दूरी
- ५६ लिटरको विशाल स्टोरेज – वर्गमै सबैभन्दा ठूलो
- ७-इञ्च टीएफटी स्मार्ट डिस्प्ले – सहज नेभिगेशन र कनेक्टिभिटीका लागि
- आरामदायी डिजाइन – प्रत्येक पारिवारिक यात्रालाई तनावमुक्त बनाउने
वैद्य एनर्जी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत, सुर्यांश वैद्य भन्छन् “नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो , यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो।”
सीमित अवधिको अफरका साथ, भारत र नेपालमा शहरी यातायातलाई रूपान्तरण गरिरहेका स्कूटरहरूलाई आफ्नै बनाउन अवसर रहेको कम्पनीले जनाएको छ।
Comments are closed.