काठमाडौं । स्कुटर ब्रान्ड एथरले ग्राहकहरूको स्वामित्व प्रक्रिया सरल बनाउने नयाँ पहल सार्वजनिक गरेको छ । अब ग्राहकहरूले केवल मान्य परिचयपत्र (ID Card) देखाएर, कुनै अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न सक्नेछन् । रु ६० हजार ५८ बाट सुरु हुने ईएमआई योजनाअन्तर्गत ग्राहकहरूले प्रिमियम इलेक्ट्रिक स्कुटर सहजै किन्न सक्नेछन् ।
परिचयपत्र आधारित योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने उद्देश्य राखेको छ। Ather प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ ।
कम्पनीले देशभर ८ वटा Ather Experience Center, 8 वटा अधिकृत सेवा केन्द्र र 27 भन्दा बढी Ather Grid फास्ट चार्जिङ पोइन्ट निर्माण गरी ग्राहकलाई सुविधा प्रदान गरेको छ। स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर–द–एयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवका कारण Ather नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा स्थापित भएको छ ।
यस नयाँ पहलले उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई जोड्दै नेपालमा EV अपनत्व बढाउने Ather को प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।




Comments are closed.