आन्तरिक पर्यटक लक्षित अतिथि रिसोर्टको आकर्षक प्याकेज

 

पोखरा । अतिथि रिसोर्ट एण्ड स्पा पोखराले चाडपर्वलाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी आकर्षक प्याकेज निकालिएको अपरेसन म्यानेजर तोयानाथ पौडेलले जानकारी दिए ।

प्रति व्यक्ति ३ हजार ४ सय ७७ रुपैयाँको प्याकेज र सिंगल सप्लिमेन्टमा २ हजार ७ सय ७७ रुपैयाँको प्याकेज ल्याइएको पौडेलले बताए । प्याकेजमा ब्रेकफास्ट, लन्च अथवा डिनर समावेश गरिएको छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी होटल सञ्चालनमा आएको पौडेलले जानकारी दिए ।

jutta mela

अतिथि लगातार ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाउन सफल रिसोर्ट हो । चारतारे स्तरको अतिथि रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा तथा सुविधा प्रदान गरिरहेकोछ ।

अतिथिमा ४७ वटा डिलक्स, २ वटा लक्जरी र एउटा स्वीट रुम छन् । स्पा र स्विमिङ पुलको सुविधा रहेको रिसोर्टमा इभेन्टहरुका लागि ३ वटा कन्फ्रेन्स हलको सुविधा छ । लकडाउनका कारण गत चैतमा बन्द भएको रिसोर्ट गत असोजबाट पुनः सञ्चालनमा आएको हो ।

You might also like

Comments are closed.