ग्लोबल रिचको आयोजनामा ‘अस्ट्रेलियन एजुकेशन फेयर २०२५’ हुने

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी ग्लोबल रिचले ‘अस्ट्रेलियन एजुकेशन फेयर २०२५’ गर्ने भएको छ । ग्लोबल रिचले काठमाडौं, पोखरा, चितवन, बुटवल, बिर्तामोड र कुमारीपाटीमा फेयर गर्न लागेको हो ।

ग्लोबल रिचका अनुसार काठमाडौंमा साउन ३० गते, पोखरामा भदौ १ गते, चितवनमा भदौ ३ गते, बिर्तामोडमा भदौ ५ गते र ललितपुरको कुमारीपाटीमा भदौ ६ गते फेयर हुनेछ । फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहनेछ । विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियन युनिभर्सिटीका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा र आवश्यक डकुमेन्टका बारेमा विस्तृत जानकारी लिन सक्नेछन् ।

फेयरमा विद्यार्थीहरु निःशुल्क सहभागी हुन सक्नेछन् । विद्यार्थीले अष्ट्रेलियामा अध्ययनका लागि लाग्ने शुल्क, विभिन्न विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययन पछिका रोजगारीका अवसर तथा सम्भावनाहरुका बारेमा विस्तृत बुझ्न सक्नेछन् । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने ग्लोबल रिचले विश्वास लिएको छ ।

You might also like

Comments are closed.