wada auto show

वाडा शोको सहप्रायोजक बन्यो बिएण्डबि ग्रुप, कोको बने अन्य प्रायोजक ?

पोखरा । पोखरामा आयोजित ‘वाडा अटो सो २०२५’मा प्रतिष्ठित अटो ब्राण्डहरुले स्टल राख्ने भएका छन् । नेपाली बजारमा लोकप्रिय रहेका ब्राण्डहरुले स्टल बुक गरेर आफ्ना गाडीहरु बिक्री तथा प्रदर्शनीमा राख्न लागेका हुन् । आफूले बुकिङ गरेको स्टलहरुलाई सजावट गरी गाडी सोकेस गर्ने तयारी कम्पनीहरुको छ । आफ्नो गाडीप्रति दर्शकलाई आकर्षित गर्ने अभियानमा कम्पनीहरु छन् ।

त्यसैगरी अटो शोमा प्रायोजकहरुको साथ पनि उत्साहजनक देखिएको आयोजकको भनाइ छ । वाडा अटो शो सफल बनाउन प्रायोजकहरुको उत्साहजनक साथ रहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी ग्लोबल एक्स्पोजिसन (जेम्स)का प्रवन्धक राहुल शर्माले जानकारी दिए ।

अटो शोलाई सहप्रायोजकमा बि एण्ड बि ग्रुप, सपोर्टेड बाइमा अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले साथ दिएका छन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवद्र्धक रहेर साथ दिएका छन् ।

You might also like

Comments are closed.