अटोहोस्टले नेपाली बजारमा ल्यायो डेरी ब्रान्डको इलेक्ट्रिक कार

काठमाडौं । अटोहोस्ट प्रा.लि. डेरी ब्रान्डको इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याएको छ । चीनमा निर्मित डेरी ब्रान्डकोे ईभी७ र ईएम७ लाई अटोहोस्टले बुधबार सार्वजनिक गरेको छ । कम्पनीको सोरुम अनामनगरमा छ ।

कम्पनीले नेपाली बजारमा भित्र्याएको २ वटा इलेक्ट्रिक गाडी मध्ये एउटा सोलार कार हो । सोलार जडित इलेक्ट्रिक कार नेपाली बजारमा अटोहोस्टले पहिलो पटक भित्र्याउन सफल भएको निर्देशक नवराज पौडेलले जानकारी दिए ।

‘गाडीमा १५० एएचको लिथियम एनसीएम ब्याट्री छ,’ उनले भने, ‘सिंगल चार्जमा यसले १५८ किलोमिटरको दुरी पार गर्न सक्छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा छ भने अधिकतम टर्क १०५ एनएम छ ।’

jutta mela

ईएम७ ले १७४ किलोमिटरको दुरी पार गर्न सक्ने पौडेलले जानकारी दिए । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप २० प्रतिशत बढी माइलेज दिने बताइएको छ । यसको पनि टप स्पिड ६० किमी प्रतिघण्टा छ । गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

ईभी७ को मूल्य २५ लाख ९९ हजार रुपैयाँ र ईएम७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । गाडी किन्ने पहिलो ५० ग्राहकलाई ५० हजार रुपैयाँ छुटका साथै एक वर्षको सडक कर र बिमा निःशुल्क उपलब्ध हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

You might also like

Comments are closed.