काठमाडौं । गाडी बिग्रिएपछि नजिकको भरपर्दो ग्यारेज खोज्नुपर्ने झन्झट अब समाधान हुने भएको छ । लुभ्या ट्रेडिङ्ग प्रालिले नेपाली अटोमोबाइल व्यवसाय र ग्राहकबीचको दूरी घटाउने उद्देश्यले नयाँ डिजिटल प्लेटफर्म अटोहब नेपाल डटकमको औपचारिक सुरुवात गरेको छ ।
ललितपुरस्थित बग्गी अटोवर्क्सका सञ्चालक पुष्प महर्जनले शुक्रबार आयोजित एक विशेष समारोहका बीच वेबसाइट उद्घाटन गरे । उनले लुभ्या ट्रेडिङ्गको लुब्रिकेन्ट्स गुणस्तरीय भएको उल्लेख गर्दै ‘अटोहब नेपाल’ले ग्राहक र ग्यारेज व्यवसायीबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लुभ्या ट्रेडिङ्गका व्यवस्थापन प्रमुख बिबिज्ञ बर्तौलाले ‘अटोहब नेपाल’ प्लेटफर्मका विशेषताबारे जानकारी दिए । उनका अनुसार, यस प्लेटफर्मले ग्यारेज व्यवसायलाई डिजिटल रूपान्तरण मात्र होइन, ग्राहक र व्यवसायीबीचको विश्वासको पुल निर्माण गर्नेतर्फ केन्द्रित हुनेछ ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत मीरा रिजालले भने, “हामीले अटोहब नेपाल डटकममार्फत ग्यारेज व्यवसायलाई आधुनिक डिजिटल प्रणालीमा रूपान्तरण गर्दै विश्वसनीय र भरपर्दो सेवा सुनिश्चित गर्ने प्रयास गरेका छौं ।” उनका अनुसार, वेबसाइटमा नेर मि सुविधा, अनलाइन बुकिङ प्रणाली, ग्राहक रेटिङ र रिभ्यु, प्रमाणित प्रोफाइल, फेसबुकरइन्स्टाग्राम प्रमोशन, च्याट सपोर्ट आदि सुविधा उपलब्ध छन् ।
हाल काठमाडौं उपत्यकाभित्र सेवा दिइरहेको अटोहब नेपाल डटकमले निकट भविष्यमै देशभर सेवा विस्तार गर्ने योजना बनाएको छ । प्लेटफर्मका डेभलपमेन्ट प्रमुख प्रकाश अधिकारीका अनुसार, गूगल–फ्रेन्ड्ली प्रोफाइल, मोबाइलमै चल्ने वेबसाइट, सामाजिक सञ्जाल प्रमोशन, बुकिङ, रेटिङ र फिडब्याक सुविधामार्फत ग्यारेज व्यवसायीहरूलाई डिजिटल रूपले सशक्त बनाउने उद्देश्य राखिएको छ ।
उद्घाटन समारोहमा काठमाडौं अटो स्टेशन र एसएसी मोटर्स प्रालिका सञ्चालकहरूले अटोहब नेपाल डटकमले व्यवसायीलाई डिजिटल माध्यमबाट प्रोत्साहन गर्दै ग्राहकसम्म सजिलै पुग्न सहयोग गर्ने बताए । साथै, यस पहलले लुभ्या ट्रेडिङ्गप्रति विश्वास अझ बढाएको र भविष्यमा थप सहकार्यको अपेक्षा गरिएको बताए ।
व्यवसायीहरूका लागि निःशुल्क डिजिटल प्रमोशन
अटोहब नेपाल डटकमले ग्यारेज, अटो पार्ट्स, लुब्रिकेन्ट्स विक्रेताहरूका लागि निःशुल्क डिजिटल प्रोफाइल सेवा उपलब्ध गराएको छ। जसले व्यवसायीहरूलाई आफ्नो सेवा डिजिटल प्लेटफर्ममा चिनाउन र नयाँ ग्राहक जोड्न सघाउनेछ ।
गुणस्तरीय लुब्रिकेन्ट्स ब्रान्ड वितरण
लुभ्या ट्रेडिङ्ग प्रा.लि.ले दुबईको गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी भारतमा प्याकेजिङ गरिएको, प्रयोगशालाबाट प्रमाणित “ZicLub” र “MaxLub” ब्रान्डका लुब्रिकेन्ट्स देशभरका ग्यारेजहरूमा वितरण गर्दै आइरहेको छ । ग्राहकबाट अत्यधिक सन्तुष्टि पाएको यस उत्पादनले अटोमोबाइल सेवा क्षेत्रमा नवीन र भरपर्दो विकल्पको रूपमा स्थान बनाएको छ ।
‘अटोहब नेपाल डटकम’ नेपाली अटोमोबाइल सेवा क्षेत्रको डिजिटल भविष्यको थालनी हो । यसले ग्यारेज सञ्चालकहरूलाई ब्रान्डको रूपमा चिनाउने र उपभोक्तालाई भरपर्दो सेवा दिने एक नवीन र समयसापेक्ष कदमको रूपमा स्वागत गरिएको छ ।
Comments are closed.