गुड अटोमोबाइलको चौथो वार्षिकोत्सव सम्पन्न, मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडिको आधिकारिक विक्रेता बालाजु अटो वर्कस्को आधिकारिक नेपालको उत्कृष्ट सर्भिस सेन्टर गुड अटोमोबाइलले आफ्नो व्यवसायिक यात्राको चौथो बर्ष पुरा गरेको छ । सो अवसरमा सेन्टरले धुम्वारहिको पिपलबोटस्थित आफ्नो सर्भिस सेन्टरमा एक कार्यक्रम गरी भव्यताका साथ वार्षिकोत्सव मनाएको हो।

उक्त कार्यक्रममा अतिथिको रुपमा तपस पट्टनाइक (महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड), शिवसुधन श्रेष्ठ (बालाजु अटो वक्र्स बागमती प्रदेश इन्चार्ज), युगल सिंह (बालाजु अटो वक्र्स १,२ नम्बर प्रदेशको सर्भिस हेड), हरिप्रसाद अधिकारी (गण्डकी प्रदेश सर्भिस हेड) को उपस्थिती थियो ।

कार्यक्रममा ग्राहकवर्गको सुविधाको लागि उक्त सर्भिस सेन्टरले मोबाइल एप्लिकेशन अन्तर्गत मोबाइल वर्कशप एपको औपचारिक रुपमा सार्वजनिक गरेको छ । उक्त एप मार्फत् ग्राहकले आफ्नो गाडीको सर्भिस गर्नको लागि समय बुकिङ गर्न सक्नेछन् । उक्त एपलाई पछि अन्य प्रयोजनको लागी पनि अपडेट गर्न सकिने कुरा गुड अटोमोबाइलका प्रवन्ध निर्देशक निमा शेर्पाले जानकारी दिए ।

jutta mela

कार्यक्रममा उक्त कम्पनीले आफ्नो स्थापनाको दिवसमा आफ्नो कम्पनिमा रहेर उत्कृष्ट रुपमा कार्यसम्पादन गर्ने ६ जना कर्मचारिलाई पुरस्कार तथा सम्मान समेत गरेको छ । कार्यक्रममा कस्टुमर केयरमा कृष्ण डङ्गोल, एच आर डिपार्टमा मोना खड्का, सर्भिस एड्भाइजरमा इन्जिनियर प्रविन चौधरी, उत्कृष्ट कार्यक्रम सम्पादनमा इन्जिनियर अस्गर खान, उकृष्ट टेक्निसियनमा अशोक चौधरी, लेखा तथा अनुशासनमा सावित्री गुरुङ सम्मानित भएका हुन् । त्यसैगरी सम्मान तथा पुरस्कार वाहेक उक्त स्थापना दिवसको अवसरमा आफ्ना ग्राहकलाई आफ्नो गाडीको सर्भिसमा विशेष छुट तथा उपहार प्रदान गरिएको थियो ।

व्यवसायिक जिवनमा अनेकौं आरोह अवरोह आए पनि त्यसलाई सामना गर्दै अगाडि बढेको कुरा गुड अटोमोबाइलका निमा शेर्पा (प्रबन्ध निर्देशक), सन्चालकहरु धिरेन्द्र खड्का, कृष्ण प्रजापति, बुद्धलाल प्रजापतिकोले जानकारी दिए । गुड अटोले हरेक वर्ष व्यवसायिक जिवनसंगै सामाजिक गतिविधि पनि गर्दै आएको छ । यो वर्ष पनि आफ्नो स्थापना दिवसको अवसरमा लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, ग्लोवल फ्रेन्ड्स, सोसियल फ्रेन्ड्स र लियो फ्रेन्ड्ससंग सहकार्य गरि संयुक्त रुपमा धुम्बारहिको पिपलबोटस्थित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको प्रबन्ध निर्देशक शेर्पाले बताए । उनले आगामि दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो जिम्मेवारी वहन गर्ने कुरा समेत व्यक्त गरे ।

You might also like

Comments are closed.