अटोमोबाइल व्यवसायी पारशमणि गेलाल रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । अटोमोबाइल व्यवसायी पारशमणि गेलाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले कुल ३० हजार ५९० मत ल्याएर विजयी भएका हुन् ।

गेलालले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गरेका छन् । राईले यस चुनावमा ११ हजार ६०६ मत प्राप्त गरेका थिए।

गेलाल लामो समयदेखि अटोमोबाइल व्यवसायमा आबद्ध छन्। उनी नेपालका लागि स्काइवेल कम्पनीका आधिकारिक बिक्रेता जी मोटर्सका संचालक हुन्। यसअघि उनले रेनो, निसान, बीवाडी लगायतका ब्राण्डका शोरुम संचालन गरेका थिए ।

शैक्षिक रूपमा स्नातकोत्तरसम्म अध्ययन गरेका गेलाल रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सचिव समेत हुन् । उनका व्यवसायिक अनुभव र पार्टीमा गरेको सक्रिय भूमिकाले निर्वाचनमा सफलता दिलाएको विश्लेषकहरूले बताएका छन् ।

You might also like

Comments are closed.