पोखरा । अटोवेज प्रालिले गण्डकी प्रदेशमा पहिलो पटक VE Commercial Vehicles को BS6 लक्जरी बसको चाबी हस्तान्तरण (Key Handover) कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका अनुसार उक्त अत्याधुनिक बस Swift Holidays Pvt. Ltd. लाई हस्तान्तरण गरिएको हो । यसले गण्डकी प्रदेशको पर्यटन यातायात सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ ।

प्रविधि सम्पन्न, सुरक्षित तथा वातावरणमैत्री सवारी साधन प्रयोगमार्फत सेवा स्तर सुधार गर्ने उद्देश्यले बस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
अटोवेज प्रा लि. ले भविष्यमा पनि प्रविधि सम्पन्न, सुरक्षित र दिगो सवारी साधन नेपाली बजारमा भित्र्याउँदै देशको यातायात तथा पर्यटन क्षेत्रको आधुनिकीकरणमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।






Comments are closed.