अक्सिजन प्लान्ट राख्न अटोवेजले २५ लाख सहयोग गर्ने

 

पोखरा । अक्सिजन प्लान्ट स्थापनाका लागि अटोवेज प्रालि पोखराले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पोखराका उद्योगी, व्यवसायीहरुको अग्रसरतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिने अक्सिजन प्लान्टका लागि प्रालिले सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।

कोरोना संक्रमण बढिरहेको र अक्सिजन अभावका कारण धेरैको ज्यान गइरहेको सन्दर्भमा अक्सिजन प्लान्ट स्थापना गर्नु अत्यावश्यक रहेको महसुस गरी सहयोग घोषणा गरेको प्रालिका प्रवन्ध निर्देशक नारायण पौडेलले बताए ।

पोखरा तथा गण्डकी क्षेत्रका बिरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन पुरा गर्न यो योजनाले योगदान पुर्याउने विश्वास गरिएको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि अटोवेजट प्रालिसँगै विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग आउने क्रम जारी छ ।

र यो पनि

पोखरामा अक्सिजन प्लान्ट स्थापनाको अभियान, बतासको नेतृत्वमा यसरी हुँदैछ काम

You might also like

Comments are closed.