जन प्रकाश माध्यमिक विद्यालयमा परिवार नियोजन सचेतना अभियान

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभियानलाई निरन्तरता दिएको छ। २४ वटा विद्यालय तथा कलेजमा अभियान सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम हालसम्म १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न भइसकेको संघका सभापति नवीन सिग्देलले जानकारी दिए ।

अभियानअन्तर्गत पछिल्लो कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकस्थित जन प्रकाश माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो। कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अभियानले स्वास्थ्य र शिक्षा दुवै क्षेत्रलाई समेटेर विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

जन प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले विद्यालयस्तरमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा नेपाल परिवार नियोजन संघप्रति आभार व्यक्त गरे । कार्यक्रममा संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी तथा कर्मचारी सुरज चौधरीले सहजीकरण गरेका थिए।

सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले गरेका थिए।

You might also like

Comments are closed.