नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा पाण्डेय

काठमाडौं । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा सुमनप्रसाद पाण्डेय निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सातौं महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमितिमा निर्वाचित भएको हो ।

संघको निवर्तमान अध्यक्षमा मान बहादुर साउद, बरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा. सुमन पौडेल र सहकोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा नारायणप्रसाद सापकोटा, राजेन्द्र वस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पाण्डेयले सम्पूर्ण उद्योगी, व्यवसायीलाई साथमा लिएर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।

महाधिवेशनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए ।

lcci
You might also like

Comments are closed.