वाग्मती मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

 

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

jutta mela

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको ३ र हाम्रो नेपाली पार्टीको २ गरी ११० सदस्य रहेका छन् ।

You might also like

Comments are closed.