पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले घरभाडामा छुट दिन घरधनीहरुलाई आग्रह गरेको छ । कोरोना महामारीको कारण व्यवसाय बचाउन कठिन रहेको सन्दर्भमा घरधनीहरु घरभाडामा छुट दिन सके राहत हुने अध्यक्ष वैकुण्ठ पौडेल बताउँछन् । ‘घरधनी एक अभिभावक र भाडा बस्ने परिवारको सदस्यको रुपमा दुबैले एक अर्कालाई सोच्नुपर्छ,’ उनले भने ।
त्यसैगरी अध्यक्ष पौडेलले सरकारले पुस्तक व्यवसायलाई अत्यावश्यक सूचिमा नराख्दा दुःख लागेको बताए । ‘पटक–पटक प्रयास गर्दा पनि कुनै सुनुवाई भएको छैन,’ उनले भने ।
विद्यालयले विद्यार्थी भर्ना लिने, अनलाइन कक्षा सञ्चालन गर्ने काम गरिरहेको सन्दर्भमा पुस्तक पसलहरु पनि निर्वाध खोल्न पाउनुपर्ने महासंघले माग गरेको छ । ‘पुस्तक पसल बन्द गराउने र केही विद्यालयले कक्षा कोठामा पुस्तकको कारोवार गरेको पनि सुनिएको छ,’ उनले भने, ‘सरकारले रोकेको कुरा स्कुलले नटेरेको खण्डमा त्यस्ता स्कुलहरुलाई तत्काल कारवाही गर्नुपर्छ ।’
Comments are closed.