पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीको अध्यक्षमा युवा व्यवसायी वैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् । पोखरामा सम्पन्न २७औं वार्षिक साधारणसभा तथा दसौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा कविन्द्रप्रसाद पोखरेल, द्वितीय उपाध्यक्षमा सरस्वती आचार्य, सचिवमा प्रकाश बास्तोला, सहसचिवमा टंकप्रसाद ढकाल, कोषाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा जीतप्रसाद गुरुङ, केदारनाथ लामिछाने, ज्योती कार्की जिसी, दीपेन्द्र पोखरेल, ध्रुव पोखरेल, सुरेश ढुंगाना, सञ्जय आचार्य, रामप्रसाद सुवेदी, सूर्यमोहन आचार्य, अमृत थापा, रमेश पौडेल, टीकाराम अधिकारी, लालवीर चौधरी, सुजित गौतम निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष मोहनप्रसाद सापकोटा समितिको पदेन सदस्य हुनेछन् । सचिव बाहेक सम्पूर्ण पदमा सर्वसम्मत भएको थियो ।
सम्पूर्ण व्यवसायीलाई समेटर व्यावसायिक हकहितका क्षेत्रमा काम गर्दै संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघका केन्द्रीय अध्यक्ष मनहरि बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
Comments are closed.