पोखरामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुँदै

पोखरा । पोखराका अटोमोबाइल प्रेमीहरूलाई लक्षित गर्दै इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि. (बजाज पोखरा) ले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । यही चैत ८ गतेदेखि चैत १३ गतेसम्म पोखराको अमरसिंह चोकस्थित अमरसिंह चौरमा मेला सञ्चालन हुनेछ ।

‘पुरानो बाइक ल्याउनुहोस्, नयाँ बजाज लिएर जानुहोस्’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल घर लैजान सक्नेछन् । मेलाको मुख्य आकर्षणमा बजारकै उत्कृष्ट मूल्यांकन र त्यसमा थप अतिरिक्त भ्यालुएसनको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । नयाँ बजाज मोटरसाइकलको खरिदमा आकर्षक नगद छुटको व्यवस्था, शून्य प्रतिशत सेवा शुल्कमा सहज फाइनान्सको अवसर, प्रत्येक खरिदमा निःशुल्क एसेसोरिजहरू उपलब्ध हुनेछन् ।

इच्छाशक्ति अटोमोबाइल्सका अनुसार, ग्राहकहरूलाई झन्झटरहित तवरले नयाँ सवारी साधन उपलब्ध गराउन र उचित मूल्यांकन सुनिश्चित गर्न यो मेला एउटा सुवर्ण अवसर हुनेछ । मेला बिहान १० बजेदेखि साँझसम्म चल्नेछ ।

You might also like

Comments are closed.