बजाजको डोमिनार २५० नेपाली बजारमा

काठमाडौं । बजाजको डोमिनार २५० नेपाली बजारमा बिक्री सुरुवात भएको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बाइकको बिक्री सुरुवात गरेको हो ।

बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ भने बाइकमा एकल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोट्र्स मोटरसाइकल, बजाज डोमिनार ४०० मा समावेश थुप्रै विशेषता छन् । बाइकको मूल्य नेपाली बजारमा ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

डोमिनार २५० मा १३२ किमी प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०-१०० किमी प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।

jutta mela

चालकको आरामका लागि बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ ।

बाइकमा अगाडि ३०० एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ ।

You might also like

Comments are closed.