नेपालमा बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । बजाजको पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ अब नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक विशेष कार्यक्रममार्फत स्कुटरको सार्वजनिक गरेको हो ।

भारत बाहिर पहिलोपटक नेपालमा लन्च भएको चेतक ३५०१ मा ३.५ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा १५३ किमि रेन्ज दिन्छ। फास्ट चार्जिङ टेक्नोलोजीले यसलाई ३ घण्टामै ८०% चार्ज गर्न सकिन्छ ।

फुल–मेटल बडी, IP67 वाटर रेजिस्टेन्स, ३५ लिटरको ठूलो अन्डर सिट स्टोरेज, इन्टिग्रेटेड नेभिगेसन, म्युजिक कन्ट्रोल, टचस्क्रिन कन्सोल, जिओ–फेन्सिङ, एन्टी–थेफ्ट र एक्सिडेन्ट डिटेक्सनजस्ता फिचरले यो स्कुटरलाई स्मार्ट र सुरक्षित बनाएको छ ।

यो स्कुटर नक्सालस्थित कस्टमर एक्सपेरियन्स जोनमा अवलोकन गर्न सकिन्छ र बुकिङ विभिन्न डिलरमार्फत खुला गरिएको छ । यसको मूल्य रु. ३,२४,९०० तोकिएको छ। स्कुटरलाई आगामी साउन २१ देखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा पनि प्रदर्शन गरिनेछ ।

You might also like

Comments are closed.