इपानमा कार्की समूहबाट महासचिवमा खतिवडाको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को महासचिवमा बलराम खतिवडाले उम्मेदवारी घोषणा गरेका छन् । ‘आर्थिक सम्बृद्धिको लागि स्वदेशी उर्जा’को प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका उम्मेदवार गणेश कार्की र वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार मोहन कुमार डाँगीको संस्थापन समूहबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणासँगै उनले आफ्ना प्रतिबद्धताहरुसमेत सार्वजनिक गरेका छन् । यस्ता छन् उनका १० बुँदे प्रतिबद्धताः

१. संस्थाको केन्द्रीय कार्यालयलाई सदस्यहरुको लागि आझ बढी पहूचयोग्य बनाई सुसंगत, प्रभावकारी तथा समय सापेक्ष रुपमा सुचारु गर्ने ।

२. विद्युतको आन्तरिक खपतको प्रोत्साहन तथा प्रबर्द्धनको लागि सरकार तथा सम्बन्धित निकायहरुसँग सहकार्य तथा समन्वय गरी आवश्यक कार्यक्रम तथा अभियान संचालन गर्ने ।

३. अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित विद्युतको व्यापार गर्न हाल रहेका नीतिगत, प्राविधिक तथा प्रयोगात्मक बाधाहरुलाई फुकाउन तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा नेपालमा उत्पादित विद्युत व्यापार गर्ने गराउने अवस्था सृजना गर्न सम्बन्धित निकायहरुमा आवश्यक पहल गर्ने गराउने ।

४. सरकारसँग विद्युत खरिद-बिक्री सम्झौता गर्नको लागि आवेदन गरेका सम्पूर्ण आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता गराउन सरकारी निकायहरु समक्ष संस्थाको प्रतिनिधित्व गर्दै पहल गर्ने ।

५. ऊर्जा आयोजनाहरुको लागि ऋणमा लाग्ने व्याजलाई एकल अंक (Single Digit) स्थिर व्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गराउन पहल गर्ने । साथै, बैंक तथा वित्तीय संस्थाहरुले उर्जा क्षेत्रमा कम्तीमा १५% लगानी गर्नुपर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक समक्ष पहल गर्ने ।

६. बैंक तथा वित्तीय संस्थाहरु तथा धितोपत्र बजारमा संस्थापक शेयरधनीहरुले आयोजनाको निर्माण तथा संचालनको चरणमा सामना गरिरहेका समस्याहरुलाई सरकारको सम्बन्धित निकाय समक्ष पुराउन र ऊर्जा उत्पादकको मागहरुको सम्बोधन गराउन तथा अनुकुल व्यवस्था मिलाउन आवश्यक पहल गर्ने गराउने ।

७. आयोजनाहरुको निर्माणको लागि विष्फोटक पदार्थहरुको खरिद, आयात, ढुवानी, भण्डारण तथा प्रयोगको चरनमा विद्यमान रहेका लामो तथा झन्झटिलो प्रक्रियालाई सरल र छरितो बनाउन सम्बन्धित निकायहरु समक्ष आवश्यक पहल गर्ने गराउने ।

८. संस्थाको सदस्यहरुले ऊर्जा आयोजनाको निर्माण तथा संचालनको बखत सामना गर्ने कठिनाइहरु र सदस्यहरुको गुनासो तथा सुझावहरुलाई सम्बन्धित निकाय समक्ष पुराउन प्रभावकारी माध्यमको विकास गर्न गराउन केन्द्रिय कार्यसमिति लाई क्रियाशील बनाउने ।

९. कार्यालयको संचालनलाई प्रविधिमैत्री बनाई संस्थालाई देशको ऊर्जा क्षेत्रको Knowledge Hub को रुपमा विकास गर्ने । उर्जा उत्पादकहरुको लागि आवश्यक सबै सूचना उपलब्ध हुने गरी वेब पोर्टल तयार गर्ने र सो पोर्टलमा लगानीका क्षेत्रहरु, कानूनी तथा नीतिगत व्यवस्था, र नेपालमा ऊर्जा आयोजनाको संस्थापना, निर्माण तथा संचालनको लागि आवश्यक सबै जानकारीहरु समावेश गर्ने ।

१०. साथै, संस्थाको कार्यसमितिको प्रतिबद्धताहरुलाई कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहकार्य तथा समन्वयमा प्रभावकारी ढङ्गले कार्योन्वयन गर्न गराउन सक्रिय रुपले महासचिवको भूमिका निर्वाह गर्ने ।

lcci
You might also like

Comments are closed.