को को जुध्न आउने हो आए हुन्छ कसैलाई बाकिँ छोडिदैनः बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारप्रति निरन्तर आक्रोश पोखिरहेका छन् ।

यसैक्रममा सरकारले महानगरको फोहोर बोक्ने गाडीका चालकहरुलाई पक्राउ गरेको भन्दै सरकारप्रति थप आक्रोशित बनेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।’

जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठाउने उनले बताएका छन् । ‘को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन,’ उनले भनेका छन् ।

You might also like

Comments are closed.