काँग्रेस एमाले गठबन्धनलाई ‘गिरीबन्धु’सँग जोड्दै बालेनको कडा टिप्पणी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले काँग्रेस एमाले सत्ता समीकरणको यात्रालाई कडा टिप्पणी गरेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै चियाँ पिउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै गिरीबन्धु चिया प्रकरणलाई जोडेका छन् ।

उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

मेयर बालेनले सामाजिक सञ्जालमै गिरीबन्धुकै प्रशंगबारे नारायण गाउँलेको भनाइ पनि साभार गरेका छन्ः

‘गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ’एकपल्ट’लाई बेच्न दिने ’विधेयक’ संसदबाट पास भएछ !

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।

सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ’टाप’ले आँखा छोपियो ।

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ’प्लान्ट’ भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ’पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

नेपालको राजनीति !
नारायण गाउले’

lcci
You might also like

Comments are closed.