बालेनको चुनावी खर्च, कुन शीर्षकमा कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोग लाई बुझाएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट अत्यधिक मतका साथ विजयी भएका शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्।

शाहले बुझाएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। खर्च विवरणमा सबैभन्दा बढी रकम वडास्तरीय प्रचार कार्यक्रममा खर्च गरिएको देखिन्छ।

कुन शीर्षकमा कति खर्च ?

खर्च विवरणअनुसार प्रमुख शीर्षकहरूमा गरिएको खर्च यस प्रकार छः

  • सवारी साधन भाडा (२ वटा सवारी) – २ लाख ९३ हजार ८०० रुपैयाँ

  • हल भाडा खर्च – ३५ हजार रुपैयाँ

  • मतदाता प्रशिक्षण कार्यक्रम खर्च – २६ हजार १७० रुपैयाँ

  • वडास्तरीय प्रचार कार्यक्रम (१५ दिन घरदैलो) – ५ लाख ८० हजार रुपैयाँ

  • नमुना मतपत्र छपाइ – १४ हजार ६५० रुपैयाँ

  • क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालन (पानी खर्च) – ९० हजार रुपैयाँ

  • क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालन (स्टेसनरी खर्च) – २२ हजार ८५० रुपैयाँ

  • प्रचार सामग्री छपाइ (फ्लेक्स तथा ब्यानर) – १ लाख ७५ हजार ०१९ रुपैयाँ

  • प्रचार सामग्री व्यानर तथा टिका – १ लाख ९९ हजार ५०५ रुपैयाँ

  • मनोनयन दर्ता शुल्क – १० हजार रुपैयाँ

यी सबै शीर्षक जोड्दा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले निर्वाचनपछि निश्चित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

You might also like

Comments are closed.