लायन्सको आइडी इन्डोर्सीमा बालकृष्ण बुर्लाकोटी बिजयी

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनलको आइडी इन्डोर्सी पदमा बालकृष्ण बुर्लाकोटी विजयी भएका छन् । आइडी इन्डोर्सीमा बुर्लाकोटीसँग खगेन्द्र सिटौलाले प्रतिस्पर्धा गरेका थिए ।

नेपालमा रहेका चार वटा डिष्ट्रिक्टको जम्मा मत २९८२ रहेकोमा २८३४ मत मात्रै खसेको छ । जसमध्ये बाल्कृष्ण बुर्लाकोटीले १६४४ मत प्राप्त गरेका छन् भने खगेन्द्र सिटौलाले ११९० मत प्राप्त गरे ।

विजयी बुर्लाकोटी अहिले लायन्सको एरिया लिडर छन् । यस अगाडि उनले लायन्सको मल्टिपल काउन्सिल चियरपर्सन र गभर्नर भएर काम गरिसकेका छन् ।

You might also like

Comments are closed.