काठमाडौं । लायन्स क्लब्सको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटीले मनोनयन दर्ता गरेका छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटीले आगामी जेठ २१ र २२ गते हुने मल्टिपल कन्भेन्सका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
विश्वको २ सय भन्दा बढी देशमा फैलिएको लायन्स अन्तर्राष्ट्रियमा उनले आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न उनी सफल भएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उनी सफल भएका थिए । नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराएका थिए ।
गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका बुर्लाकोटीले इसामे एरिया फोरम कलकत्तामा पनि प्रस्तुत राख्न सफल भएका छन् ।
लायन्सको ग्रास रुटमा भिजेर काम गरेकाल देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफू ढुक्क रहेको बुर्लाकोटीले बताए । ‘नेपाल लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ,’ उनले भने, ‘आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउनेछु ।’ लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले बताए । यस अगाडि सञ्जय खेतान अन्तर्राष्ट्रिय डाइरेक्टर बनेका थिए । खेतानलाई लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष बनाउने अभियानमा समेत आफूले भूमिका खेल्ने बुर्लाकोटीको बताए ।
Comments are closed.