हेभी इक्विपमेन्ट व्यवसायीले हरेक परिस्थितिलाई सामाना गर्दै अगाडि बढेका छन्

बालकृष्ण कोइराला, अध्यक्ष, कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ

कोरोना महामारी र त्यसपछि देखिएको आर्थिक मन्दीको कारण हरेक क्षेत्र प्रभावित बनेको छ । विशेष गरी निर्माण व्यवसाय र विकास निर्माणका क्षेत्रमा प्रयोग हुने हेभी इक्विपमेन्ट क्षेत्र आर्थिक मन्दीको मारमा बढी परेको छ । यसको असरले व्यवसायीहरु पलायनको अवस्थामा समेत पुगिसकेका छन् । यसैक्रममा कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइरालासँग आर्थिक आवाजले गरेको कुराकानीः

यो मन्दीको समयमा कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ र यहाँका व्यवसायीले कसरी काम गरिरहेका छन् ?

हेभी इक्विपमेन्टले कास्कीमा राम्रो भूमिका खेल्दै आएको छ । हरेक परिस्थितिलाई व्यवसायीले सामाना गर्नुभएको छ । कोभिड पछि पनि आत्मबल गुमाउनुभएको छैन । थोरै थोरै भएपनि काम भएको अवस्था छ । धैर्यताका साथ अगाडि बढौं भन्ने जोस र जाँगरका साथ हेभी इक्विपमेन्ट कास्की अगाडि बढिरहेको छ । हेभी इक्विपमेन्ट कास्कीले राज्यसँग पनि सहकार्य गरेर काम गरिरहेको छ । भूकम्प, बाढी पहिरो जस्ता विपत्तीको समयमा प्रशासन तथा महानगरपालिकासँग समन्वय गरेर हातेमालो गर्दै आपतकालीन समयमा सबै काम गरिरहेको छ । म आफै महासंघको केन्द्रीय सदस्य भएकाले पनि धेरै कुरा जानकारी भएको छ । यस क्षेत्रलाई चलायमान बनाउन के कस्ता गतिविधि संचालन गर्ने भन्ने अभियान पनि महासंघले चलाएको छ । हामीले पनि सहकार्य गरिरहेका छौं ।

jutta mela

यो व्यवसायको बर्तमान अवस्था कस्तो छ ?

हामीले काम गर्ने सिजन भनेको ६ महिना हो । पुराना कामका भुक्तानी राज्यले नदिएर कन्ट्याक्टरहरुले पनि काम नगरेको अवस्था छ । हामीले कर्मचारीलाई समयमा तलब दिन नसकेको अवस्था छ । आर्थिक मन्दीका कारण पनि असर परेको छ । हेभी इक्विपमेन्ट ठुलो व्यवसाय भएकाले काम कम भएको समयमा बंैकको किस्ता तथा ब्याज भुक्तानी गर्न पनि समस्या हुन्छ । ब्याक अप केही पनि नभएका व्यवसायी धेरै अप्ठ्यारोमा हुनुहुन्छ । मेसिन पनि बैंकले तानेको अवस्था छ ।

कतिपय व्यवसायीहरु पलायनको अवस्थामा आएका हुन् ?

समयमा बजेट निकासा गरेर उपभोक्ता समितिलाई दिने हो कि, कन्ट्याक्टरलाई दिने हो कि, स्थानीय तहका खर्चहरु समयमा हुने भयो भने व्यवसायीलाई पनि काम गर्न सहज हुन्छ । जेठ असारमा गएर काम गरेको जस्तो देखाउने तर स्तरहिन काम गर्ने परम्परा छ । यस्ता गतिविधिले निरन्तरता पाएमा सबै व्यवसायी पलायन हुने अवस्था आउँछ ।

कसरी यो अवस्था आयो ?

राज्यले बजेट भाषणमा गर्ने कुरा कार्यान्वयन भएका छैनन् । ठुला ठुला कन्ट्र्याक चाइनिजले गरेको अवस्था छ । नेपाली कन्ट्र्याक्टरले त्यो पैसा पाउँदैनन् । चाइनिजले पाउने वल्र्ड बैंकको पैसा हो जसरी पनि काम गर्ने पैसा लैजाने अवस्था छ । स्थानीय तहमा भएका बजेट पनि कार्यान्वयनमा जादैनन् सम्झौता हुँदैनन् त्यसकारण अप्ठ्यारो अवस्था सृजना भएको हो । सबै काम समयमा नै हुने हो भने हरेक क्षेत्रले काम पाउँछन् । सबैले काम पाएपछि आर्थिक चलायमान भएको पनि देखिन्छ । अहिले त ठप्प जस्तै छ । राज्यको ढुकुटी र राष्ट्र बैंकमा पैसा छ । व्यवसायीले ऋण लिन पनि ब्याजदर महंगो छ । उत्पादनसँग जोडिने कुरामा राज्यले प्राथमिकता भने दिनु नै पर्छ । सरकारले गम्भिर रुपमा लिनु आवश्यक छ । पैसा विदेश गइरहेको छ यसलाई रोक्नुपर्छ ।

राज्यले कृषिलाई प्राथमिकता भनेको छ तर उहि पुरानो हलो, कोदालो, जुवा लिएर कृषि क्षेत्रपनि अगाडि बढ्न सक्दैन । उपकरण प्रयोग गर्न राज्यले राम्रो पोलिसी बनाउनुपर्छ । उत्पादन भएका सामान किन्न पनि प¥यो । किसानले दुःख गरेर उत्पादन गरेपनि बजार नपाएर समस्या छ । बिचौलियाको हालीमुहाली हुन्छ त्यहाँ पनि । जबसम्म गाउँमा पैसा पुग्दैन तबसम्म गाउँका व्यक्तिले विकासका लागि आफ्नो खर्च गर्दैनन् । गाउँमा पैसा पु¥याउने वातावरण बन्नुपर्छ ।

कास्कीमा संघ अन्तर्गत कतिजना व्यवसायी छन् ?

कास्कीमा हेभी इक्विपमेन्टमा समेटिएका व्यवसायी १ सय ५० हुनुहुन्छ । यसमा संलग्न नरहनुभएका व्यवसायी पनि हुनुहुन्छ । ३ हजार भन्दा धेरै उपकरण छन् । यस क्षेत्रमा ठुलो लगानी छ । खर्च पनि धेरै छ । दक्ष जनशक्ति पाउन गाह्रो छ । टेक्नोलोजीमार्फत काम गर्ने मेसिनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्छ ।

यो व्यवसायको सम्भावना कस्तो छ ?

विकास निर्माणका काम हुने हो भने यस क्षेत्रमो अवसर धेरै राम्रो छ । राम्रोसँग काम गर्ने वातावरण सृजना हुने हो भने ४ महिना काम गर्दापनि हामी धानिनसक्ने अवस्था रहन्छ । विकासका क्षेत्रमा यो व्यवसायको भुमिका धेरै राम्रो छ । निर्माण व्यवसायीले उपकरणमा लगानी नगरी हामीसँग उपकरण भाडामा लिएर काम गर्नसक्ने अवस्था थियो । उहाँहरुले उपकरण किन्नुहुन्छ एउटा साइटको काम सकिएपछि अर्को काम नपाउँदासम्म उपकरण थन्किएर बस्छन् । उहाँको वर्किङ क्याापिटल फसेर बसेको छ । काम गर्न अप्ठ्यारो भएको छ उहाँहरुलाई । म के आग्रह गर्छु भने निर्माणका काम गर्नुस् उपकरण हामी उपलब्ध गराउँछौं । त्यसो गरेमा पुँजी पनि फस्दैन । जुनखालको सामान चाहिएपनि हामी उपलब्ध गराउँछौं भन्ने हामी प्रतिवद्धता गर्ने प्रयास गर्दैछौं । पोखरामा नै ५० देखि ८० टनसम्मका क्रेन आइसकेका छन् । रोलर, ग्रेडर सबै उपकरण छन् । सबै मिलेर अगाडि बढ्न सके व्यवसायले गति लिनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

राज्यमा हामीले पु¥याएको योगदान र लगानीको क्षेत्र ठुलो छ । यस क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ । व्यवसायी बीचमा अस्वस्थ प्रतिश्पर्धा पनि हुनुहुँदैन । राज्यप्रति उत्तरदायी भुमिकामा छौं अझ थप भुमिका निर्वाह गर्न सक्छौं । उपकरण बिना नेपालमा विकासका काम पनि सम्भव छैन ।

हामी व्यवसायी सबै एकै ठाउँमा छौं, धैर्यता छोड्नु हुँदैन । राज्यलाई घच्घच्याउनुपर्छ । अहिलेको अवस्थाबाट माथि उठ्नुपर्छ भन्ने लाग्छ । राज्यलाई गाली गरेर मात्र पनि हुँदैन । हाम्रो व्यवसायमा देखिएका समस्या तथा समाधानका उपायका लागि राज्य समक्ष पुग्नुपर्छ । हाम्रा मागलाई सम्वोधन गर्ने वातावरण बनाउन दवाव दिनुपर्छ ।

You might also like

Comments are closed.