काठमाडौं ।
प्रचण्ड–नेपाल पक्षीय नेकपाले भोलि बिहीबार आम हड्ताल गर्ने भएको छ । शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओली पक्षीय नेकपाले शक्ति प्रदर्शन गर्ने अघिल्लो दिन अर्को पक्षले बन्द आह्वान गरेको हो ।
संवैधानिक निकायहरुमा जबर्जस्ती पदाधिकारी नियुक्त भएको भन्दै त्यसको विरोधमा प्रचण्ड नेपाल समूहले बन्द आह्वान गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बुधबार दिउसो पत्रकार सम्मेलन गरी आम हड्ताल सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले सशक्त आन्दोलनको विकल्प नभएको बताए ।



Comments are closed.