जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने

काठमाडौं । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले  जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने निर्णय गरेकाे  छ । बिहिबार बसेको संघको बैठकले निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको जनाएको छ ।

नेपाल बैंकर्स संघका सदस्य तथा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने बताएका छन् । उनले भने, ‘ बैंकर एसोयिसनको बैठकले जेठ महिनाका लागि हाल कायम रहेकै ब्याजदर यथावत राख्ने निर्णय भएको छ । त्यसैले गर्दा व्याजको स्थीति यथावत रहनन्छ ।’

राष्ट्र बैंकले गत सोमबार बैंक तथा वित्तीय संस्थाहरूका लागि एक सर्कुलर जारी गर्दै तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिनुपर्ने जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर एभरेज बेसरेटका आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो ।

पछिल्लो तीन महिनाको औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुनेबारे बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा ऋणीलाई जानकारी दिनुपर्नेछ । त्यस्तै कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रबाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ ।

 

You might also like

Comments are closed.