जनकपुर । प्रदेश–२ का प्रमुख डा राजेश अहिराजले जनतासँग बैंकको सहज पहुँचका लागि बैंकका शाखा ग्रामीण क्षेत्रमा खोल्न सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित विभिन्न बैंकका प्रमुखहरुसँग प्रदेश–२ को कार्यालयद्वारा मंगलबर जनकपुरमा आयोजित छलफलको उनले सो सुझाव दिएका हुन् ।
जनतालाई बैंकसम्बन्धी कामका लागि आफ्नो गाउँबाट बाहिर जानु नपरोस् भन्ने सोचाइ राखेर ग्रामीण क्षेत्रमा बैंकको शाखाको आवश्यकतामाथि उनले जोड दिए । बैंकले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका निर्वाह विषयमा जोड दिँदै उनले बैंकले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई सहज रुपमा ऋण उपलब्ध गराउनका लागि ध्यानाकर्षण गराए ।
प्रदेश प्रमुख डा अहिराजले बैंकलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठूलो फड्को मार्न सक्ने विश्वास प्रकट गरे । युवालाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ क्षेत्रले ठूलो योगदान दिनसक्ने भएकाले मुलुकमै रोजगार गर्ने युवालाई सहुलियत ढङ्गले ऋण उपलब्ध गराउन उनले आग्रह गरे ।
Comments are closed.