तनहुँ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को जोखिमका बिचमा सामाजिक दुरी कायम गर्दै महालक्ष्मी विकास बैंक लिमिटेड दमौली शाखाले गाँउमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
व्यास नगरपालिका–९मा पर्ने विभिन्न ठाँउका जेष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएका व्यक्तीहरुलाई जनप्रतिधिहरु र प्रहरी प्रशासनको रोहबरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बैंक शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । बैंकले वडाका विभिन्न ठाँउका २सय ७० जना लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको उनले बताए ।
सामाजिक दुरि कायम गरि स्यानीटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले सामाजिक सुरक्षा भत्ता बितरण गरिएको थियो । लकडाउन जारी रहेकोे समयमा जनता बैंकमा आउनुभन्दा बैंक नै जनता माझ पुग्दा लाभग्राहीलाई सास्ती कम हुने महसुस गरी वडाबाटै भत्ता वापतको रकम वितरण गर्ने निर्णय गरिएको न्यौपानेले बताए । व्यास ९ का वडा अध्यक्ष सुरेश थापाले अहिलेको समयमा टाढा टाढाका जनतालाई दमौली पुग्न सहज नभएको र बैंकमा घटौं लाइन बस्दा वृद्धावृद्धले झनै दुख पाउने हुदाँ बैंकसँग सहकार्य गरी वडाबाटै वितरणको व्यवस्था मिलाएको बताए । बैंकले नगरपालिकाको ६ र ९ वडामा भत्ता वितरण गर्ने गरेको छ ।
Comments are closed.