निशेधाज्ञामा बैंकहरु खुल्ने, दिउसो २ बजेसम्म सेवा

 

काठमाडौं । निशेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भएका छन् । तर, खुल्ने समयमा केही परिवर्तन गरिएको छ ।

राजधानी काठमाडौं उपत्यकाका ३ जिल्लासहित निशेधाज्ञा लागेका ठाउँमा बैंकहरुले बिहान १० देखि दिउसो २ बजेसम्म सेवा प्रदान गर्ने सहमति भएको छ । यस विषयमा बैंकरहरु र राष्ट्रबैंक टोलीबीच बुधबार छलफल भएको थियो ।

बैंकले सम्पूर्ण एटिएम सेवा सुचारु राख्ने सहमति भएको छ । सकेसम्म डिजिटल कारोबारलाई प्राथमिकता दिन पनि सम्पूर्ण सेवाग्राहीमा आग्रह गरिएको छ ।

You might also like

Comments are closed.