यि बैंकहरूले साउन महिनामा करिब ८० करोड नाफा कमाए

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा करिब ८० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले साउनमा ७९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा यी बैंकहरूले ७४ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए । यस आधारमा यो वर्षको साउनमा नाफा ७.६० प्रतिशतले बढेको देखिएको छ ।

बैंकहरूको नाफा अवस्था

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५ वटा बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ ।  सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले  १५ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरे पनि अघिल्लो वर्षको तुलनामा ७.२८ प्रतिशतले घटेको छ । दोस्रो स्थानमा  गरिमा विकास बैंक रहेर १३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यसको नाफा ४१.५९ प्रतिशतले बढेको छ । लुम्बिनी विकास बैंकले  ११ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गर्दै २०५.२३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

यसैगरी, कामना सेवा विकास बैंकले  ९ करोड ३७ लाख रुपैयाँ नाफा (९.२१% वृद्धि), ज्योति विकास बैंकले ८ करोड ७५ लाख रुपैयाँ नाफा (४.५५% वृद्धि), शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  ८ करोड ५६ लाख रुपैयाँ नाफा, तर अघिल्लो वर्षको तुलनामा १३.२३% घट्यो । सांग्रिला डेभलपमेन्ट बैंकले   ६ करोड ९५ लाख रुपैयाँ नाफा (२.१३% वृद्धि, महालक्ष्मी विकास बैंकले ६ करोड ६ लाख रुपैयाँ नाफा, तर अघिल्लो वर्षको तुलनामा ४३२.६९% ले ठूलो गिरावट आएको छ ।

सामान्यतया हेर्दा विकास बैंकहरूको कुल नाफा वृद्धि दर सकारात्मक देखिए पनि महालक्ष्मी र शाइन रेसुंगाजस्ता केही बैंकमा उल्लेख्य गिरावट आएको छ । यसबीच लुम्बिनी र गरिमा विकास बैंकले भने उल्लेख्य वृद्धि गर्न सफल भएका छन् ।

You might also like

Comments are closed.