स्वास्थ्य मापदण्ड पुरागरी बर्दिया राष्ट्रिय निकुञ्जमा सफारी गर्न पाईने

बर्दिया । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारीका लागि खुला गरिएको छ ।

कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएकामा आजदेखि खुला गरिएका कारण ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ ।

निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जंगल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ । सवारी साधनबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथप्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले जानकारी दिए ।

jutta mela

यस क्षेत्रमा पर्यटकलाई लक्षित गरी २९ सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा ३ अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ ।

You might also like

Comments are closed.