नेपाली कल्चर झल्काउने ‘वर पिपल रिसोर्ट’, खानाको मन लोभ्याउने स्वाद

सुरेन्द्र पौडेल

पोखरा । पोखरामा बरपिपल रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी जितु गुरुङले ३० करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । लेकसाइड स्ट्रिट नम्बर २८ स्थित मणिमार्गमा सञ्चालनमा आएको रिसोर्टमा सुविधा सम्पन्न ४० वटा रुम छन् ।

लेकसाइडमै भएर पनि थोरैै उचाईमा निर्माण भएकाले रिसोर्टबाट फेवाताल, लेकसाइड, शान्ति स्तुपा, सराङकोट, प्याराग्लाइडिङ तथा वरपरको सुन्दर दृश्य स्पष्टसँग देख्न सकिन्छ । नेपाली कल्चरलाई झल्काउने गरि निर्माण गरिएको रिसोर्ट आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले आर्थिक आवाजलाई जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहित सञ्चालनमा आएको रिसोर्टमा स्विमिङ पुल, स्पा, साउना, स्पोर्टस, इन्फिनिटी पुल लगायतको सेवा उपलब्ध छ । पर्याप्त पार्किङ सुविधा रहेको रिसोर्टमा करिब सय जना क्षमताको कन्फ्रेन्स हल छ । १ सय ५० जना क्षमताको रेष्टुरेन्ट छ ।

‘बढी मात्रामा काठ र ढुंगाको प्रयोग गरेर रिसोर्ट निर्माण भएको छ,’ गुरुङले भने, ‘सबै रुममा बाल्कोनी छ । जहाँबाट साइडसिनको मज्जा लिन सकिन्छ ।’ गत वैशाखबाटै सञ्चालन गर्ने गरी रिसोर्ट निर्माण भएपनि कोाभिड–१९ का कारण आह्वान गरिएको लकडाउनले गत साउनबाट मात्रै रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्ट सुरु भएपछि आन्तरिक पर्यटकलाई आकर्षित गर्न आफूहरु सफल भएको गुरुङले बताए । ‘यहाँ आउने पाहुनालाई हामी सन्तुष्ट बनाउन सफल छौं,’ उनले भने, ‘एक पटक रिसोर्टमा आएका पाहुना सेवाका लागि पुनः आउँदा हामी निकै खुसी छौं ।’

रिसोर्टमा एक दिनको ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका रुम रहेको गुरुङले जानकारी दिए । ४० वटा रुम मध्ये डिलक्स, सुपर डिलक्स र स्विट छन् । करिब १० रोपनी जग्गामा सञ्चालनमा आएको रिसोर्ट आकर्षक तथा शान्त वातावरणमा रहेकाले छोटो समयमा धेरैको मन जित्न सफल भएको गुरुङ बताउँछन् ।

नेपाली खानालाई प्राथमिकता

रिसोर्टले नेपाली खानालाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आइरहेको सञ्चालक गुरुङले जानकारी दिए । ‘सर्भिङ द नेपाली टेष्ट’ थिमका साथ ग्राहकको रोजाई अनुसार हाइजेनिक खाना खुवाउन आफूहरु सफल रहेको उनले बताए ।

‘खानालाई हामीले विशेष प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘स्वच्छ वातावरण रहेको रिसोर्टमा उत्कृष्ट खाना खुवाउँदै पाहुनाको मन जित्न हामी सफल छौं र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं ।’

आन्तरिक पर्यटकलाई लक्षित गरी फेस्टिभल अफर

रिसोर्टले आन्तरिक पर्यटकलाई लक्षित गरी फेस्टिबल अफर सार्वजनिक गरेको छ । दसैं तिहारलाई लक्षित गरी प्रति व्यक्ति ५ हजार ९ सय ९९ रुपैयाँको प्याकेजमा विभिन्न सेवा सुविधा उपलब्ध गराउने गरी रिसोर्टले अफर सार्वजनिक गरेको हो ।

पाहुनालाई बसपार्क र एअरपोर्टसम्म पिकअप र ड्रपआउट, लन्च वा डिनर एक दिन, एक घन्टाको साउना, ब्रेकफास्ट प्याकेजमा निःशुल्क गरिएको छ । खानामा १५ प्रतिशत छुट, स्पामा २० प्रतिशत छुट र २ घन्टाको हाइकिङ गर्न जान चाहने पर्यटकले गाइड निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

lcci
You might also like

Comments are closed.