वसन्त गौतम पाटा नेपाल च्याप्टरको कार्यसमिति सदस्यमा निर्वाचित

पोखरा । रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष वसन्त गौतम प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४७औँ वार्षिक साधारण सभाबाट कार्यसमिति सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न साधारण सभाबाट निर्वाचित गौतमले पोखराको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र समग्र देशको पर्यटन विकासमा अग्रणी भूमिका खेल्दै आएका छन् । पाटा नेपालको सञ्चालक समितिमा उनको चयनले पोखरा र समग्र देशकै पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन थप योगदान पुग्ने विश्वास लिइएको छ ।

गौतम टेम्पल ट्रि रिसोर्ट पोखराका सञ्चालक हुन् ।

You might also like

Comments are closed.