हाम्सिर (अमेरिका) । अध्ययनका लागि अमेरिका आएका ३ जना युवाहरु यतिबेला आफ्नो उद्यममा व्यस्त छन् । पोखराका सुरेन्द्र थापा र बुटवलका प्रकाश काफ्ले र मनोज काफ्लेलाई व्यवसायमा भ्याइ नभ्याइ छ ।
उनीहरुले सन् २०१८ देखि अमेरिकाको हाम्सिर राज्यको हानोभर ठाउँमा ‘बेस क्याम्प क्याफे’ सञ्चालनमा ल्याएका हुन् । सबै वर्गका र स्वेदशी, विदेशी सबैलाई लक्षित गरी सञ्चालनमा आएको यो क्याफेमा ग्राहकको भिड लाग्ने गरेको सञ्चालक सुरेन्द्र थापा बताउँछन् ।
यो क्याफे हानोभरको उत्कृष्ट गन्तव्य बनेको सञ्चालकहरु बताउँछन् । यहाँको राम्रो पक्ष क्याफेले ग्राहकको स्वास्थ्यप्रति सतर्कता अपनाएको छ । मानिसलाई कति क्यालोरी आवश्यक पर्छ जोखेर मात्रै खानेकुरा पकाउने गरिएको थापाले जानकारी दिए ।
यहाँ चिकेन, बफ, भेज, पनिर लगायत सबै प्रकारका मोःमोः पाइन्छ । ‘तरकारी, चिल्ली र ग्रिलको विशेष स्वाद यहाँ पाइन्छ,’ सञ्चालक थापाले भने ।
नेपाली युवाहरुले क्याफे सञ्चालन गरेकाले यहाँ नेपाली परिकारलाई प्राथमिकतामा राखिएको छ । नेपाली रेष्टुरेन्टमा पाइने भन्दा धेरै नेपाली स्वाद यहाँ पाइने सञ्चालक मनोज काफ्ले बताउँछन् । आकर्षक सजावटसहित सञ्चालित क्याफे धेरैको रोजाईमा पर्दा खुसी लागेको काफ्लेले बताए ।
नेपालमा घुमेर अमेरिका फर्किएका धेरैले यो क्याफेमा खाना तथा खाजा खान आउने गर्छन् । ‘नेपालको स्वाद मन पराउनेहरुको रोजाईमा क्याफे परेको छ,’ सञ्चालक थापाले भने । क्याफेमा ७ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । क्याफेमा ४ लाख अमेरिकी डलर लगानी थापाले जानकारी दिए ।
Comments are closed.