अचानक भवितव्यबाट हुने कुनैपनि क्षतिलाई आर्थिक सुरक्षाको माध्यमबाट उक्त हानी नोक्सानीको पूर्ति गर्दै सामान्य जीवनयापन गर्ने पारस्परिक सहयोग एवं समझदारीबाट अघि बढ्ने कानुनी प्रक्रिया नै बीमा हो । यसलाई जोखिम हस्तान्तरण गरिने माध्यम पनि भनिन्छ । लण्डनको ष्यथम’ को ऋयाभिभ ज्यगकभ बाट जोखिम परेकाहरु एकजुट भई आफ्नो सदस्यहरुको पानीजहाजबाट आउने जाने सामानको दुर्घटनाबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति स्वरुप भएको सामुन्द्रिक बीमा आजको आधुनिक समाजमा दिनानुदिन लोकप्रिय बन्दै मानिसको जीवनको आर्थिक सुरक्षाको अभिन्न अंग बन्दै गइरहेको छ । आज निर्जीवन बीमामा दुर्घटना, औषधोउपचार, अग्नि, भूकम्प, प्राकृतिक प्रकोप, हुलदंगा, हड्ताल, आतंकवाद, मोटरसाइकल, हवाइजहाज, कृषि पैदावार, पशुधन, निक्षेप तथा ऋण सुरक्षण आदिको बीमालेखले जोखिम बहन गर्दै आएको छ ।
बीमा कम्पनीको दुई प्रमुख कार्य हुन्छन्
पहिलो कार्य: सम्भाबित जोखिम विभिन्न शर्त पालन गर्ने गरि बीमालेख जारी गर्नु ।
दोस्रो कार्य: बीमालेख जारी गरे पश्चात सम्भाबित दुर्घटना क्षति भए पछि दावी भुक्तानी फर्छौट गर्नु ।
जब कुनैपनि दावी सम्बन्धी घटना घट्न जान्छ तबमात्र बिमीतको लागि बीमालेख अर्थपूर्ण हुन्छ । निर्जीवन बीमाको मुख्य उद्देश्य बिमितले बीमाशुल्क भुत्तानी गरिसकेपछि बीमा गरिएको सम्पत्ती हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति गर्नु बीमा कम्पनीको दायीत्व हो । बीमा शुल्क भनेको बीमा कम्पनीले बीमा प्राधिकरणबाट निर्दिष्ट गरेबमोजिम जोखिम ग्रहण गरेबापत लिने शुल्कलाई बुझिन्छ । जो सम्पत्तीको मूल्य बीमांक रकमको आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । तसर्थ बिमितले बीमा सम्पत्तीको बजार मूल्यको आधारमा सहि मूल्य निर्धारण गरि बीमांक रकम तोक्नु पर्छ । त्यसैगरि बिमितले दावी परेको बखत दावीको उल्लेखित क्षतिपूर्ति पाउन पनि सहि बीमांक तोकिन आवश्यक हुन्छ ।
निर्जीवन बीमा नाफा नभई क्षतिपूर्तिको सिद्धान्तमा आधारित बीमा हो जस बमोजिम दावी परेको बखत बिमितलाई दावी भुत्तानी गरि बिमितलाई सकभर दावी पर्न भन्दा अगाडिको यथा स्थितिमा पु¥याई दिनु हो तर यदि पछि बिमितले बीमा गर्दा सम्पत्तीको बीमांक रकम मूल्य भन्दा कम तोकेको भएमा न्युन बीमा भएको मानिन्छ । बिमितले आफ्नो सम्पूर्ण सम्पत्तीको कम बीमांक तोकेर बीमा शुल्क पनि कम मात्र भुक्तानी गरेको हुन्छ । तसर्थ दावी पर्दा सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति गरी दिनु बीमा कम्पनीको दायित्व हुँदैन । क्षतिपूर्तिको सिद्धान्त बमोजिम बीमांक रकम कम तोकिएको अवस्थामा जति प्रतिशतले न्युन बीमा हुन्छ सोही अनुपातमा क्षतिपूर्ति रकम पनि कम पाइन्छ । यसको सानो उदाहरण यस प्रकार छः
बीमितले प्रधान गर्ने क्षतिपूर्ति = क्षति भएको सम्पतिको बीमांक ८ वास्तविक क्षति
क्षति भएको सम्पतिको बजार मूल्य
उदाहरण,
क्षति भएको सम्पत्तिको बीमांक =
रु १५,००,०००
क्षति भएको सम्पत्तिको बजार मूल्य =
रू ३०,००,०००
वास्तविक क्षति =
रू ५,००,०००
बिमकले प्रदान गर्ने क्षतिपूर्ति
१५,००,०००८ ५,००,०००
३०,००,०००
= रू २,५०,०००
बिमितको वास्तविक क्षति रू ५,००,००० भएता पनि बिमितले क्षति भएको सम्पतिको बजार मूल्य भन्दा कम्तिमा बीमांक भएको हुँदा बीमकले रू २,५०,००० क्षतिपूर्ति प्रदान गर्दछ । अर्थात् बीमकले समानुपातिक रुपमा क्षतिपूर्ति प्रदान गर्दछ । दावी परेको सम्पत्तिको मूल्य नाफा बाहेकको मूल्य भन्ने बुझ्नु पर्दछ । अतः आफ्नो सम्पत्तीको बीमा गर्दा सही बीमांक रकम तोकी बीमालेख खरिद गर्नुपर्छ । जसले गर्दा भविष्यमा हुने हानी नोक्सानीको वास्तविक क्षतिपूर्ति पाइन्छ । यदि बीमांक रकम वा दोहोरो बीमालेख जारी गरि बीमा भएको खण्डमा दावी पर्दा बढि क्षतिपूर्ति नदिई नोक्सानीको सहि मुल्याङ्कन गरेर मात्र भुक्तानी दिइने हुनाले बढि बीमांक वा दोहोरो बीमालेख जारी गर्दा बीमा शुल्क मात्र बढि तिर्नुपर्ने हुन्छ डबल फाइदा पाइदैन । निर्जीवन बीमामा बीमालेखले क्षतिपूर्ति गर्ने अधिकतम सीमा बीमांक रकम नै हुन्छ, कुनैपनि बीमालेखले बीमांक रकम भन्दा बढि क्षतिपूर्ति प्रदान गर्ने छैन ।
सम्पत्तीको वास्तवीक मूल्य निर्धारण गर्ने आधारहरु
सुरुमा सामान खरिद गर्दा परेको वास्तविक मूल्य
१) खरिद मूल्य
२) सकट्टी पछिको मूल्य– गरि कायम हुन आउने मूल्य तोकिएको दरमा खरिद मूल्यमा नियम बमोजिम हासकट्टी
३) बजार मूल्य – दुई पक्ष समझदारीको आधारमा किनबेच हुने मूल्य
४) मुल्यांकित वस्तुहरु – बहुमुल्य धातु तथा कलात्मक वस्तुहरु
तपाईंले आफ्नो भवन वा फ्याक्ट्रीको बीमा गर्नु पर्यो भने भवन वा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरणको बीमांक रकम तोक्दा नयाँ भवन तथा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरण नयाँ बनाउन लाग्ने खर्चमा भवन तथा मेसिन कति पुरानो छ त्यो बापत हासकट्टी गर्दा आउने मूल्य बराबर बीमांक रकम राख्दा न्युन बीमा हुने सम्भावना कम हुन्छ । अन्य सम्पत्तीमा पनि यहि नियम लागु हुने गर्दछ, साथै त्यसमा हालको बजार मूल्यको आधार मानेर पनि हासकट्टी गरि बीमांक रकम तोक्न सकिन्छ । साधारणतया मोटर बीमा बाहेक हासकट्टी पछिको मूल्यको आधारमा बीमांक निर्धारण गरि दावी पर्दा सोही आधारमानी क्षति मुल्याङ्कन गरि दावी भुक्तानी गरिन्छ ।
सवारी साधनको बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरु:
- दुर्घटनाको लिखितम जानकारी
- सवारी साधनको सम्पूर्ण प्रमाण पत्रहरु
- चालक अनुमति पत्र
- सवारी मर्मत गर्न लाग्ने अनुमानित खर्च
- सवारी मर्मतको नगद बील
- चालकको बयान
- दावी फारम
- प्रहरी प्रतिवेदन
- बीमालेखको प्रतिलिपी
- मिला पत्र
- औषधी उपचारको बील तथा रिपोर्टहरू
- अन्य कागजातहरु
सम्पत्ति बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरू
- दुर्घटनाको लिखित जानकारी
- बीमालेखको प्रतिलिपी
- दावी फारम
- अनुमानित खर्च नगद बील
- सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र
- अन्य कागजातहरु
कृषि, पशुपंक्षी, बाली तथा जडिबुटी दावी गर्दा चाहिने कागजातहरु
- दुर्घटनाको लिखित जानकारी
- दावी फारम
- विमालेखको प्रतिलिपी
- सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र
- सर्जमिन मुचुल्का
- अन्य कागजातहरु
Comments are closed.