पोखरा क्षेत्रमा सुजुकी, महिन्द्रा र टिभिएस लिडिङ ब्राण्ड होः रानाभाट

राजेश रानाभाट, सिओओ, बतास ब्रदर्श प्रालि, पोखरा

बतास ब्रदर्श ३ दशक अगाडि पोखराबाट उदाएको कम्पनी हो । ३० वर्ष अगाडि मारुती सुजुकी कम्पनीको अल्टो एट हण्ड्रेडको बिक्री वितरणको सुरुवातसँगै यो समूहले अटोमोबाइल क्षेत्रमा पाइला अगाडि बढाएको हो । सुजुकीसँगै यो समूहले पोखराबाट टिभिएस र महिन्द्राको जिप र ट्याक्टरको बिक्री सुरुवात गर्यो । त्यतिबेला सामान्य खालको व्यापार हुन्थ्यो । फाइनान्सिङ गर्ने, गाडी चढ्ने चलन कम थियो । २०५५ बाट अटोमोबाइल क्षेत्रमा चहलपहल बढ्न थाल्यो । र, यो समूहको व्यापार पनि बढ्दै गयो । पछिल्लो समय बतास समूहले राष्ट्रियस्तरमा धेरै व्यापार व्यवसाय बिस्तार गरेपनि पोखरा तथा साबिक गण्डकी र धौलागिरीलाई केन्द्रित गरेर सुजुकी, टिभिएस र महिन्द्राको व्यापारलाई निरन्तरता दिइरहेको छ । यसै क्रममा यी ३ ब्राण्डलाई केन्द्रित गरी बतास व्रदर्शका सिओओ  (चिफ अपरेटिङ अफिसर)राजेश रानाभाटसँग आर्थिक आवाजले गरेको कुराकानीः

पोखरा क्षेत्रमा बतास व्रदर्शले बिक्री वितरण गर्दै आइरहेको सुजुकी, महिन्द्रा र टिभिएसको व्यापार कस्तो छ ?

बतास व्रदर्शले ३० वर्ष पहिला जुन प्रडक्ट बेच्थ्यो, अहिले पनि त्यही प्रडक्ट बेच्दै आइरहेको छ । अहिले धेरै एड्भान्स फिचर सहित सुजुकी, महिन्द्रा र टिभिएसका प्रडक्टहरु बजारमा आइसकेका छन् । यी तीनवटै ब्राण्डले पोखरा क्षेत्रको अटोमोबाइल व्यवसायमा ग्राहकको विश्वास जित्न सफल भएको छ । हामीले यी ब्राण्डलाई लिडिङ ब्राण्ड बनाउँदै बजार बिस्तार गरिरहेका छौं ।

अटोमोबाइल क्षेत्रमा बतास व्रदर्शले ग्राहकको विश्वास जित्नुको कारण के हो ?

राम्रो ब्राण्ड, सेवामा निरन्तरता तथा लामो अनुभव, व्यवस्थित सर्भिस सेन्टर हामीसँग छ । बिगत ३० वर्षदेखि पोखरामा काम गर्दै आएको हुनाले धेरै ग्राहकले हामीलाई विश्वास गर्नुहुन्छ । सुजुकी, टिभिएस र महिन्द्राका हरेक पार्टस सुलभ मूल्यमा सहज रुपमा उपलब्ध छन् । तीनवटै सेग्मेन्टमा हामी टप सेलरमा पर्नुको कारण पनि हाम्रो सेवा र हामीले बजारबाट पाएको विश्वास नै हो ।

कोभिड महामारी र त्यसपछि क्रमशः बजारमा देखिएको आर्थिक मन्दीले व्यापारमा कस्तो प्रभाव पारेको छ ?

कोभिडको समयमा टु ह्विलर्स बिक्रीमा लहर नै आयो । विभिन्न सुरक्षा प्रोटोकलका कारण व्यक्तिगत सवारी चलाउनुपर्छ भन्ने ट्रेण्ड बढ्यो । फोर ह्विलर्सको बिक्री पनि त्यो समयमा बढेको नै पाइन्छ । किन्न सक्नेहरुले फोर ह्विलर्स किने नसक्नेले टु ह्विलर्स किने । ब्याजदर पनि सस्तो थियो । २०७२ सालको भूकम्पले पनि अटोमोबाइल क्षेत्रमा एक खालको बिजनेश ल्याएको थियो । पुनर्निर्माणका कामहरु धमाधम भएका थिए । हेभि इक्युपमेन्ट, ट्याक्टर, ट्रक लगायत धेरै बिक्री भए । भूकम्प, कोभिड महामारी लगायतका संक्रमण तथा प्राकृतिक विपत्तिलाई पार गरेपनि अहिले आएर त्यसको असरले आर्थिक मन्दी आएको छ । पछिल्लो समय कन्स्ट्रक्सनको काम भएको छैन । सरकारले गर्ने विकासका काम भएका छैनन् । मानिसको आम्दानी पनि कम छ । बेरोजगारको संख्या बढिरहेको छ । विदेश पलायनको क्रम बढिरहेको छ । १२ पास गरेपछि विद्यार्थीहरुको विदेश जाने संख्या ह्वातै बढेको छ । जसको असर अटोमाबाइल क्षेत्रमा पनि देखिएको छ । आशा गरौं यो क्रम विस्तारै सुधारिनेछ ।

jutta mela

बतास व्रदर्शले बिक्री पछिको सेवालाई कत्तिको प्राथमिकतामा राख्दै आएको छ ?

हाम्रो सबैभन्दा ठुलो मोट्टो भनेकै बिक्रीपछिको सेवा हो । बिक्रीपछिको सेवा राम्रो भएन भने ग्राहक पनि कम आउनुहुन्छ । गण्डकी धौलागिरी भित्र ३ वटै सेगमेन्टको गरेर २४ भन्दा धेरै सर्भिस सेन्टर छन् । प्राय सर्भिससेन्टर करिब २५ देखि ३५ किलोमटिरको दुरीमा छन् । ग्राहकलाई अप्ठ्यारो पर्दा हामी सहज रुपमा सेवा प्रवाह गर्छौं । महिन्द्रा र सुजुकीको हामी अन्तर्गत टु एस डिलर १९ वटा छन् । टिभिएसको केही हामी मार्फत छन् भने केही आफ्नै सर्भिस नेटवर्क छन् । हाम्रो सर्भिस हरेक ठाउँमा छ । सुजुकीको थ्रि एस पोखरामा र वालिङमा छ भने महिन्द्राको पोखरासँगै बागलुङमा छ । अबको योजना भनेको महिन्द्रा र सुजुकी दुइटैको डुम्रे र दमौलीको बीचमा सोरुम राख्ने सोच बनाएका छौं भने बागलुङमा सुजुकीको थप्नेछौं ।

पछिल्लो समय सुजुकी, महिन्द्रा र टिभिएसप्रति पोखरा क्षेत्रमा ग्राहकको आकर्षण कस्तो छ ?

अहिलेको समयमा डाडाकाडा जुनसुकै क्षेत्रमा पनि पुग्न सहज हुने साधन महेन्द्रा नै हो । अहिले प्रिमियम सेग्मेन्टमा आएका स्कर्पिया, स्कर्पियो एन, एक्सयुभी ७००, ३०० गाडीहरु धेरै राम्रा छन् । पर्यटन व्यवसायीलाई पनि यसले सहज बनाएको छ । टाढा टाढा डाँडाकाँडामा महिन्द्राको स्कर्पियो पुग्छ । महिन्द्राले यस क्षेत्रमा धेरैको विश्वास जित्दै गइरहेको छ ।

पोखरामा सुजुकी लिडिङ ब्राण्ड नै हो । सुजुकीले अहिले जिम्नी र फ्रङ्स बजारमा ल्याएको छ । जिम्नीको नि इन्क्वायरी राम्रो आएको छ । ६४ लाख रुपैयाँ पर्ने फोर सिटर गाडी हो जिम्नी । एड्भेन्चर मन पराउनेका लागि जिम्नी धेरै राम्रो छ । यस अगाडि ब्रेजाको माग पनि राम्रो छ । टु ह्विलर्सको मार्केट पहिला भन्दा अहिले धेरै खस्केको छ तर पनि हामीले टिभिएसमा राम्रो नै गरिरहेका छौं । पोखरामा एन्टर्क धेरैले मन पराउनुभएको छ । बाइकमा पनि टिभिएस पोखरा क्षेत्रमा लोकप्रिय छ । टिभिएसको रेडर र अपाचे ग्राहकले बढी रुचाएका छन् । नयाँ बाइक रोनिङ पनि आएको छ । रेसिङसँगै आरामदायी रहेको छ । इभीमा पनि आइक्यु आएको छ । समग्रमा टिभिएको बजार राम्रो छ । केही समस्या देखिएर बनाउनु परेमा पनि सम्वन्धित सर्भिस सेन्टरमा नै जान र मर्मतका क्रममा पनि कम्पनी कै सामान प्रयोग गर्न म आग्रह गर्दछु ।

अन्त्यमा के भन्नुहुन्छ ?

हाम्रोमा फाइनान्सको सुविधा पनि छ । बाइकको लागि शून्य प्रतिशतमा फाइनान्स हुन्छ । गाडीहरुमा हामीले ७० प्रतिशतसम्म फाइनान्स गरिरहेका छौं । पछिल्लो समय चाडपर्वलाई लक्षित गरी सुजुकी र टिभिएसमा फेस्टिभ अफर पनि चलिरहेको छ । अफरप्रति पनि ग्राहकको आकर्षण बढिरहेको छ । बुकिङ पनि राम्रो भइरहेको छ । बिगत ५ महिनादेखि गाडी बुकिङ गरेर वेटिङमा हुनुहन्छ कतिपय कस्टमर । पुराना कस्टमरबाट हामीले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । कस्टमरका विश्वासका कारण नै हामी अगाडि बढेका हौं । ग्राहकको सेवामा हामी निरन्तर समर्पित भएर अगाडि बढेका छौं ।

You might also like

Comments are closed.